२०८१ वैशाख १५ गते | 27th of April 2024

दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैँयासहित ६ जना पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३ गते ११:४३

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैँयासहित ६ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेट समेत प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । उहाँले होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागूऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गर्नुभयो ।

रु एक लाखलाई रु १० हजारमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । “राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले बताउनुभयो । वरामद गरिएको नेपाली नक्कली नोट अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएको प्रहरीले जनाएको छ ।

अपरेशन प्रमुख नयाँ बसपार्क प्रहरी पेरिसरका प्रहरी निरिक्षक

यसरी पक्राउ परे कारोवारी :

मित्रनगरको एक रेष्टुरेन्टमा सुर्खेत घर भएका महेन्द्र बोगटीले खाजा खान्छन्। उनले हजार हजारका नोट निकालेर रेष्टुरेन्टको विल तिर्छन्। तर रेष्टुरेन्टका साहुलाई उनले दिएका नोटबारे शंका लागेपछि वरपार्क प्रहरीलाई खबर गर्छन्। त्यसपछि बोगटी पक्राउ पर्छन्। प्रहरीले बोगटीको साथबाट १ लाख २० हजार बरामद गरेको थियो।

बोगटीको कनेक्सन ‘फलो’ गर्दै जाँदा प्रहरीले लुवुबाट साजन तामाङ र सुजित तामाङलाई पक्राउ गर्छ। उनीहरुको साथबाट प्रहरीले ७ लाख ४३ हजार बरामद गर्यौ। यसरी नै प्रहरीले चलचित्र निर्माता माधव वाग्लेलाई पक्राउ गर्यौ। प्रहरीले बाग्लेको साथबाट २ करोड ५२ लाख बरामद गरेको थियो।

पक्राउ पर्दै जाँदा काठमाडौंमै पैसा छापिएको थाहा पाएपछि प्रहरी नै झस्कियो। नवज्योती प्रिन्टिङ प्रेसका प्रकाश सुवेदीले जय भोले प्रेसका विकेस नाफितलाई पैसा छाप्न दिएको प्रहरीले फेला पार्यौ। यसरी खोज्दै जाँदा प्रेसबाट प्रहरीले पैसा छाप्न बनाइएका ४ वटा प्लेट र मेसिन समेत बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *