२०८३ असोज १६ गते | 2nd of October 2026

क्यालिफोर्नियामा रक्तदान कार्यक्रम हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३ गते १८:१३

सागर श्रेष्ठ /सान-फ्रान्सिस्को – उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ  एक ब्रिहत रक्त दान कार्यक्रम हुन गईरहेको छ। यही मे२६ शनिवारका दिन सम्पन्न हुने सो कार्यक्रममा उल्लेख्य उपस्थितीरहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एन ए जिसी तथा ब्लड डोनर्स अफअमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सोकार्यक्रमको सँयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाकाचार्टर प्रेसिडेन्ट चन्द्र धितालले  गरिरहेको कुरा क्लबका अधक्षगोपाल बस्नेतले बताएका छन। 

आयोजक संस्था नेपाल  विश्वसहयोग संघ एन ए जि सि का संस्थापक अधक्ष मणी नेपाली पनेरुलेरत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममासहभागी भएको  बताउँदै सम्पूर्ण दाजु भाई दिदी बहिनीलाई आमन्त्रणगर्दछु भन्नु भयो। अर्का आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिकाक्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया सँयोजक थलवीरओलीले यस कार्यक्रमहरुमा उल्लेख्य सँख्यामा युवाहरु सहभागी हुनेबताउनु भएको छ।

रक्तदान दिन इच्छुक व्यक्तिहरुले एक लिन्क मागएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकनरेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमकोप्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुलेबताए।

Link to register :

https://www.redcrossblood.org/give.html/create-my-account

Date: May 26, Saturday

 Time: 9:00 AM t0 3:00 PM

Venue: 1269 Macarthur Blvd, San Leandro, CA 94577

Leave a Reply

Your email address will not be published. Required fields are marked *