२०८२ चैत २ गते | 16th of March 2026

प्रधानमन्त्री ओली पहिलो पटक पेरिसडाँडामा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ४ गते १३:१०

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्।

विहीबार पार्टी एकता हुनुअघि पेरिसडाँमा नेकपाको पूर्व घटक नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगै ओली पेरिसडाँडा पुगेका थिए। त्यसअघि ओली प्रचण्ड धुम्बाराहीस्थित अर्काे केन्द्रीय कार्यालय गएका थिए।

ओलीको स्वागत

ओलीको स्वागत

ओली र प्रचण्ड संयुक्त रुपमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुग्दा ठूलो संख्यामा रहेका नेता–कार्यकर्ताहरुले अध्यक्षद्वयको स्वागत गरेका थिए।

पूर्व एमालेसँग माओवादी केन्द्रको एकता हुने तयारी भएपनि पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडा पुगेका थिएनन्।

ओली-प्रचण्डको स्वागत समूह

ओली-प्रचण्डको स्वागत समूह

पेरिसडाँडा पुगेपछि ओलीले केन्द्रीय कार्यालय परिसरमा रहेको जनयुद्धका शहीद र बेपत्ता योद्धाहरुको स्तम्भमा माल्यार्पण गरेका थिए, नेपालखबरले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *