२०८१ वैशाख २२ गते | 4th of May 2024

न्युयोर्कमा नेपालीपनको पिकनिक हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ९ गते १८:४०

न्युयोर्क – नेपाली कला, संस्कृति, भाषा र हाम्रा मौलिक पाटालाई पारिवारिक माहौलमा आपसी खुशी र आत्मियताका साथ साटासाट गर्ने उद्देश्यले यहि आउँदो जुन ३, २०१८ आइतवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म न्युयोर्कको Flushing Meadows-Corona Park, Queens, NY, 11375 मा सहयोगी हातहरुको आयोजनामा बृहत फेमिली पिकनिक हुँदैछ ।

पारिवारिक पिकनिकलाई नेपालीपन र मौलिकताले सिगार्न आयोजक सहयोगी हातहरु ीतब्र तयारीमा जुटिरहेको छ । यसका लागि टिकट बिक्रि गर्ने र सबैलाई पिकनिकमा सहभागि हुन आमन्त्रण गर्ने कार्यमा सदस्यहरु सक्रिय लागिरहेका छन् । पिकनिक कार्यक्रमलाई सभ्य, भब्य र ब्यबस्थित बनाउन लागिपरेको आयोजक संस्था सहयोगी हातहरुले यो सामाजिक सद्भाव र मेलमिलापको स्वर्णिम पललाई नछुटाउन आग्रह गरेको छ ।

अनलाइन तथा संस्थाका सदस्यहरुबाट टिकट खरिद गर्न सकिने ब्यबस्था गरिएको यस फेमिली पिकनिकका लागि प्रत्येकले २५ डलरको टिकट खरिद गर्नुपर्नेछ । उल्लेख्य न्युयोर्कवासी जमघट हुने अपेक्षा गरिएको उक्त पिकनिकलाई सांगितिक र मनोरञ्जनात्मक बनाउन डिजे, लाइभ म्युजिक सोलो, विभिन्न खेलहरु, राफल टिकट तथा कल्चरल नृत्यहरु समावेश गरिएको आयोजकमध्येकै एक बनिता शर्माले बताइन् । पिकनिकको बिशेषता मोःमोः र सेलरोटी हो, यसले पनि पिकनिकलाई नेपालीपनको आभाष गराउने आयोजकको बिश्वास छ ।

पिकनिकका लागि इच्छुक महानुभावहरुले जोन रंजित (५१६६५३१७३४), खोका बाबा (५१६७३४१४५५), बनिता शर्मा (३४७४६९५३६०), प्रभात सापकोटा (६४६६७१२७१३), प्रकाश पोखरेल (८१८७३०८००३) र बसन्त काफ्ले (९२९४०४४१४०) मा सम्पर्क गरि सहजै लिन सकिने ब्यबस्था गरेको आयोजक सहयोगी हातहरुले जनाएकोे छ । त्यस्तै टिकटका लागि यहाँहरुले अनलाइनमार्फत http://events.eventzilla.net/e/family-picnic–2018-2138959907 लग अन गरेर लिन सकिने ब्यबस्था गरिएको छ ।

सामुदायिक यो मनोरन्जनात्मक हातेमालो कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनुहुन नेविसंघ अमेरिकाका संयोजक प्रभात सापकोटाले न्यूयोर्क र यस क्षेत्र वरपर बस्नुहुने सामुदायिक सदस्यहरुलाई अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *