![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/943A0CCA-799E-4532-B287-4082CEAACE10.jpeg)
लस एन्जलस – तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा. जीत जोशी अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/75DA3F36-E7EB-4968-BCA7-1EC255DAB6B9.jpeg)
आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका आउनुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा बस्दै आउनुभएको छ । डा. जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लगंविच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहुन्छ ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/516C1AC1-02DE-455B-8C92-39C171EA8569.jpeg)
केही समयअगाडि नेपाल आउनुभएका उहाँनेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुहुन्छ । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उहाँ भन्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/B06193D1-5CF5-4599-BD49-645DB5F9A0B3.jpeg)
अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उहाँ त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउनुुहुन्छ । “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उहाँ भन्नुहुन्छ । अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उहाँको भनाइ थियो ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/D460D020-F2F0-4A2B-9692-C685CA6E0E08.jpeg)
पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उहाँले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उहाँको सुझाव छ ।![](http://www.khullaManch.com/wp-content/uploads/2018/05/2D4E33B2-20A4-44A0-B01C-2748B3180308.jpeg)