२०८० मंसिर १३ गते | 29th of November 2023

रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा महासंघको विशेष सधारण सभा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १० गते ९:०१

काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघको रमण एफक्यान एक्सिलेन्स अवार्ड तथा विशेष सधारण सभा यही जेठ ११ गते शुक्रवार राजधानीमा आयोजना हुने भएको छ । पहिलो सत्रमा विहान विशेष साधारण सभा हुनेछ भने दोस्रो सत्रमा दिउँसो एफक्यान एक्सिलेन्स अवार्ड आयोजना हुनेछ । महासंघको विशेष साधारण सभाको उद्घाटन महासंघका पूर्व अध्यक्षहरु गणेशलाल श्रेष्ठ, जीप छिरिङ लामा शेर्पा, रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की र जयराम लामिछानेले संयुक्त रुपमा गर्नु हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिनुभयो । विशेष साधारण सभाले केही बाँझिएका विधानका विषयहरुलाई संशोधन गर्ने महासंघले जनाएको छ ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोे प्रमुख आतिथ्यमा मुलुकको निर्माण क्षेत्रमा योगदान गर्ने विभिन्न विशिष्ट व्यक्ति, फर्म तथा संस्थाहरुको सम्मानमा विभिन्न २७ विधामा अवार्ड वितरण गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्माण जगतलाई टेवा पुग्ने गरी समाचार सम्प्रेषण गर्ने संचार माध्यमहरुलाई पनि अवार्ड वितरण गरिनेछ । त्यस्तै निर्माण क्षेत्रमा लामो समयदेखि योगदान दिने एक विशिष्ट व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्कृति मन्त्री रविन्द्र अधिकारी, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर लगायतको उपस्थिति रहने महासंघले जनाएको छ । अवार्डलाई विगतमा झै निष्पक्ष तथा पारदर्शी बनाउन सम्बन्धित् क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको एउटा स्वतन्त्र जुरी कमिटि गठन गरिएको छ । सोही कमिटिको निर्णय अनुसार विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डलाई रमण जनरल कन्स्ट्रक्शन मार्टले प्रायोजन गरेको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्यमा कार्यक्रम हुन लागेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *