२०८३ भदौ ४ गते | 20th of August 2026

बिदेशबाट देशलाई गाली होईन लगानी गर्न परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १२ गते २:०७

टेक्सास – परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । बर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले बिदेशमा रहेका नेपालीले अहिले मातृभुमीमा लागनी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ ।

टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा बिषेश कुरा गर्दै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपालीहरु केहि जान्दैन भन्ने अहम पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन सबैमा आग्रह समेत गरेका छन् । सरकारले बिदेशमा रहेका नेपालीहरुको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले बिदेशमा रहेका सबै नेपालीहरुले आफुलाई देशको दुत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धीत देश र क्षेत्रको ज्ञान नभएका ब्यक्तीहरु राजदुत बन्न नसक्ने बताउदै मन्त्री ज्ञवालीले महावाणिज्य दुतावासको स्थापना र अवैतानिक दुतहरुको नियुक्तीका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरुले पाउने नागरिकता सम्बन्धी कानुन, नेपालको भारत र चिनसंगको सम्बन्ध, बिदेशमा रहेका नियोगहरुले उपयुक्त तरिकाले काम गर्न नसकेको बिषय लगायतका बिषयहरुलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रुपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् । कतिपय नेपालीहरु बिदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरु केहि जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफुले सुन्ने गरेको बताउंदै मन्त्री ज्ञवालीले बिदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमको पुर्ण भिडियो हेर्न यंहा क्लीक गर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *