२०८१ वैशाख २३ गते | 5th of May 2024

निशान भट्टराईकी भुन्टी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १३ गते १७:४६

काठमान्डौं – नेपाल आईडलको पहिलो संस्करणमा अडिसन राउन्डबाटै सबैको मन जित्दै आईडलको फस्ट रनरअप बन्न सफल ‘गायक’ निसान भट्टराईको नयाँ गीत “भुन्टी” एकै दिनमा ७ लाख भन्दा बढी दर्शकको मायाँ बटुल्दै नेपाली युटुबको ट्रेडीङ् #1 मा रहेको छ भने कतारमा #14 स्थानमा छ ।

‘एट के एभरेस्ट मोसन पिक्चर्स’को आधिकारिक युटुब च्यानल मार्फत शुक्रबार रिलिज गरिएको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म ७ लाख ३२ हजार भन्दा धेरै पटक हेरिसकिएको छ। राजेन्द्र भट्टको शब्द र कम्पोज रहेको उक्त म्युजिक भिडियोमा गायक निसान भट्टराई आफैले अभिनय गरेका छन् भने,उनलाई मोडल एलिसा राईले साथ दिएकी छिन् ।

भट्टराईका यो भन्दा अगाडी रिलिज भएका ‘आफ्नै छाँया’ र ‘कोरेर मिठा भावहरु’ बोलका गितले दर्शकको राम्रै माया बटुलिसकेका छन् भने, पछिल्लो एल्बम भुन्टीले पनि संगीतप्रेमी दर्शकको न्यानो मायाँ पाएको मा खुशी व्यत्त गर्दै आफ्नु फेसबुकमा लेखेका छन् ” यो सबै हजुर हरुको मायाँ हो हजुरहरु प्रति निकै आभारी छु ” उनले दर्शकको मायाँ यसरीनै पाइराख्ने बिस्वास लिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *