न्यूयोर्क – मधेशी एशोसिएसन इन अमेरिका (MAA ) को प्रथम सम्मेलन नया नेतृत्व सर्वसम्मतीले चयन गर्दै सकिएको छ । न्यूयोर्कमा भएको सम्मेलनले राम नरेश पाण्डेको अध्यक्षतामा समिति चयन गरेको छ ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा सतेन्द्र शाह, उपाध्यक्षहरुमा विनयकान्त चौधरी, मधु शाह, सुरेन्द्र चौधरी, डा. सुनिल रे र महासचिवमा संगित रौनियार रहनुभएको छ । त्यसैगरी सचिवमा आनन्द यादव, कोषाध्यक्षमा नविन कुमार शाह, सहकोषाध्यक्षमा मुहम्मद रफिद, संचार संयोजकमा राकेश यादव, प्रवक्तामा राज सराफ तथा बोर्ड सदस्यहरुमा चन्द्र देव मण्डल, रन्जु रानी कर्ण, जय यादव, श्याम यादव, धम्रेन्द्र झा र डा. सञ्जु महतो रहनुभएको छ ।
यसैगरी, सम्मेलनले डा. विनोद शाहको अध्यक्षतामा निवर्तमान अध्यक्ष सुनिल शाह, महेन्द्र महतो, डा. माधव यादव र विजय झा रहनुभएको बोर्ड अफ ट्रस्टी बनाएको संस्थाले जनाएको छ ।
![](http://www.himalpationline.com/wp-content/uploads/2018/05/1-23.jpg)
नया समिति चयन हुनु अघि भएको उद्घाटन सत्रलाई भिडियो कल मार्फत सम्वोधन गर्दै नेपालको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले नेपालको विकासमा गैर आवासीय नेपालीको सहयोगको खाचो रहेको बताउनुभयो । उहाले संघीयतामा देश गएकाले अव देश विकासमा त्यसले सहयोग पुग्ने गरी हरेक प्रदेशको समान रुपवाट विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाले प्रदेश नं २ को विकासमा हातेमालो गर्न पनि एनआरएनएहरुसग आग्रह गर्नुभएको थियो ।
![](http://www.himalpationline.com/wp-content/uploads/2018/05/2-8.jpg)
उद्घाटन कार्यक्रममा न्यूयोर्क स्थित नेपाली कन्सुलेट कार्यालयका प्रमुख मधु मरासिनी, कृषु क्षत्री, एनआरएनए युएसएका विआर लामा, नेपाली जनसम्पर्क समितिका आनन्द विष्ट, वेद खरेल, प्रमोद सिटौला, डा. सुकदेव शाह, डा. विनोद शाह, फिप्नाका मन गुरुङ लगायतले धारणा राख्दैं प्रवासमा संस्कृतिको जगेर्नामा संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
संस्थाको सम्मेलन सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुऱ्याउने सवैंप्रति धन्यवाद दिदैं संस्थाका निवर्तमान अध्यक्ष सुनिल शाहले नया समितिलाई बधाई सहीत अमेरिकामा रहेका अन्य संघ संस्थासग मिलेर काम गर्नुका साथैं अमेरिकामा हाम्रो भाषा, पहिचान, धर्म, संस्कृतिको जगेर्नासहीत प्रवद्र्दन गरी नेपालको विकासमा समेत सहयागी बन्ने गरी नया समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभयो, विश्वन्युजले लेखेको छ ।