२०८१ वैशाख २४ गते | 6th of May 2024

गोरे जेल चलान : खत्री पक्राउ परेपछि तस्करीको जरा पत्ता लाग्ने बयान (भिडियोसहित)

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १४ गते ५:५६

विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ।

जिल्ला अदालत मोरङमा लिइएको ४ दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले उनलाईै कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । सनमको हत्यामा देखिएको भिडियो, पक्राउ परको अन्य अभियुक्तहरुको बयान र गोरेकै बयानका आधारमा
उनलाई जेल पठाउने आदेश गरिएको हो ।

संलग्नता स्वीकार :
गोरेले अदालतसमक्ष दिएको बयानमा सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको उनको दावी छ । ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन्। उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी रराजनीतिकपार्टीका ठूला मासिसको मिलेमतोमा हुने उनले बताएका छन् ।

खत्रीको सहयोगमा ४०० केजी सुन भित्रियो :
गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका छन् । फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले दुबईबाट भरियामार्फत झोलामा
सुन आएपछि भरियालाई प्रहरीले पास उपलब्ध गराउने र चेकजाँच नभई सुन खत्रीको कोठामा पुगेर बाहिरिने गरेको बताएका छन् ।

गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको भन्दै उहाँले उनकै सहयोगमा ५०० किलोसम्म सुन
आएको गोरेले बयानमा स्वीकार गरेका छन् ।

गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । खत्री अहिले फरार छन् । छानविन समितिले बयानका लागि बोलाए पनि अनुपस्थित भई फरार भए ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी छ । उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलोसुन काण्डमा पक्राउ परेका थिए तर, पछि उनलाई अदालतले सफाइ दिएको थियो ।

प्रहरीसँगको डिलपछि भारत भागें :
गोरेले प्रहरीसँग शव लुकाउने ‘डिल’ भएपछि भारत छिरेको खुलाएका छन् । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन् । गोरेका अनुसार उनले सुरुमा भारतीय तस्करहरुको समूहले साथीको हत्या गरेको भनी अपराध महाशाखाका प्रहरीलाई बताएका थिए । सहयोग माग्दै चिनजानका सई बालकृष्ण सञ्जेललाई फोन गरेको र उनले अरु हाकिमसँग कुरा गरेपछि शव व्यस्थापन गर्न डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पूर्वतर्फ आएको बताएका छन् ।

बाटोमा डिएसपी केसीले फोन गरेर लास व्यवस्थापन गरिदिएवापत २ करोड रुपैयाँ पैसा माग गरेको गोरेले बताएका छन् । सई सञ्जेलले समेत त्यसबारे कुरा गरेको उनी बताउँछन् । ‘घटनाको जिम्मा टेकराज मल्लले लिने, शव जंगलतिर कतै
राखेर मृतक परिवारलाई खबर गर्ने, क्षतिपूर्ति दिने र टेकराजलाई निश्चित रकम दिने सहमति भयो’, उनी भन्छन्, ‘त्यसवापत प्रहरीलाई २ करोड दिने कुरा भएको थियो ।’

तर, आफूहरु धरान पुग्दा सनमको मृत्यु भएको गाउँघरमा हल्ला चलेको खबर पाएको उनको बयान छ । ‘त्यसपछि त्यहाँ बस्नु ठीक छैन भन्ने सोचेर निस्किएको थिएँ’, उनले भने, ‘टेकबहादुरलाई सञ्जेल मामा आउँदै हुनहुन्छ । सबै ठीक हुन्छ भनेर म त्यहाँबाट हिँडेको थिएँ ।’

‘प्रहरीले सहयोग गर्ने यकीन थिएन र प्रहरीलाई विश्वास गर्नु राम्रो पनि होइन भन्ने लागेपछि भारत छिरेको बताउँने गारेले आपूmलाई नै फसाउने शंका लागेको पनि बताएका छन् । आफू भारत पुगेको भोलिपल्ट डीएसपी प्रजित केसीसँग भारतबाटै फोन सम्पर्क भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *