२०८१ माघ ५ गते | 18th of January 2025

नेपालको बारेमा बोलेको बिषयमा भारतीय विदेश मन्त्री स्वराजले गल्ती स्विकार्दै मागिन माफी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ १४ गते १८:१४

काठमाडौं – भारतीय विदेशी मन्त्री सुस्मा स्वराजले आफूले दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन्। भारतमा संवाददाताहरुसँग सोमबार कुरा गर्ने क्रममा दिएको अभिव्यक्ति लगत्तै नेपालमा तीखो टिप्पणी भइरहँदा भारतीय विदेश मन्त्री स्वराजले आफ्नो भनाइको लागि माफी मागेकी छिन्।

स्वराजले राती नै ट्वीट गरि आफ्नो अभिव्यक्तिमा गल्ति भएको र त्यसका लागि आफ्नो तर्माफबाट क्षमा मागेकी छिन्।

नेपालमा स्वराजले बोलेको विषयमा सामाजिक सञ्जालदेखि डिजिटल मिडियामा नकारात्मक चर्चा शुरु भएपछि भारतीय सरकारका तर्फबाट स्वराज आफैले टुइट गरि माफी मागेकी हुन्।

नेपाल र भारतबीच सुध्रदै गरेको सम्वन्धलाई गम्भिरतापूर्वक लिइएको रुपमा स्वराजको माफी आएको हो। गल्ती गरेपछि पनि नसुने झै नगरि तत्काल गल्ती स्विकार्दै क्षमा माग्ने कार्य कुटनीतिक इतिहासमा भारतका तर्फबाट सकारात्मक पहलका रुपमा हेरिएको छ।

यसअघी काँग्रेस नेता गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा गरिएको नागरिक अभिनन्दमा आएका नागरिकलाई भारतीय भनेर स्वराजले गरेको टिप्पणीप्रति आश्चर्य प्रकट गरेका थिए।

थापाले यो मन्त्री स्वराजको अन्यौल हो वा नेपालको सार्वभौमीकता माथिको नजरअन्दाज हो भनी प्रश्न गरेका थिए। थापाले यो कुनै पनि मूल्यमा मानेमा स्वीकार्न नसकिने जनाउँदै भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री स्वराज र भारतीय दुतावासलाई मेन्सन गरि ट्वीट गरेका थिए। नेता थापाको ट्वीट आएको केहि समय लगत्तै स्वराजको ट्वीट आएको थियो, हाम्राकुराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *