भर्जिनिया/विजय थापा – अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ बर्ष अगाडी स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआईटि) बिश्वबिद्यालयले नेपाली मूलकी छोरी लाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम “देविना थापा ” नामाकरण गरि दिएको छ। बिश्व कै उत्कृष्ट बिश्व बिद्यालय मै विशेष श्रेणीमा आउने एमआईटि बिश्वबिद्यालयले नक्षत्र को नाम १८ बर्षिय देविना थापा को नाम राख्नु निकै अर्थ राख्दछ ।
एमआईटिले बिज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गर्ने क्रममा देवीना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नया ग्रह को नामाकरण ” देविना थापा ” रहने छ ।

यस नामाकरण को प्रमाण पत्र वितरण गर्दै एमआईटि ले देविनाले सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धान र विभिन्न अन्तर राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताको प्रशंसा गर्दै नयाँ ग्रहको नाम देविना थापा रहेको प्रमाणित गरेको छ ।
म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआईटि) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभाग का प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोश्रो इन्टेल अन्तर राष्ट्रिय बिज्ञान तथा इन्जिनियर्स मेलामा दोश्रो स्थान हासिल गरेकोमा तिमिलाई सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको घोषणा गरेको पत्र लेखेका छन् ।
उक्त बिश्वबिद्यालय भौतिक बिज्ञान तथा अभियन्त्रणा (ईन्जीनिरिङ्ग) को शिक्षा तथा अनुसन्धान गर्ने बिषयमा चर्चित प्रसिद्ध भएता पनि जीव-बिज्ञान ,अर्थशास्त्र ,बहु भाषा अध्ययन सम्बन्धि तथा व्यवस्थापन सम्बन्धि सहित अहिले लोकप्रिय छ । निजि अनुसन्धानमा बिश्व ख्याति प्राप्त उक्त सुप्रसिद्ध बिश्वबिद्यालय म्यासाचुसेट्सको क्यामब्रिज शहरमा अवस्थित छ ।
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्ग शहरमा बसोबास गर्ने १८ बर्षिय देविनालाई समाज सेवामा उतिकै क्रियाशील छिन् । गर्मीको बिदामा छुट्टि मनाउन नेपाल जान रुचाउने उनि केहि बर्ष गत बर्ष गर्मीको मौसममा उनि नेपाल पुगी माईति नेपालमा २ हप्ताको स्वयम् सेवक रुपमा काम समेत गरेकी छिन् ।

नेपालमा आएको विनासकारी महा भूकम्पले धनजन को क्षति भए पछि पैसा संकलन गरेर शिक्षण अस्पताल महाराज गंजलाई १ लाख २० हजार तथा आफ्नो जन्म दिन स्विट सिक्सटिन (मधुर सोह्र ) को अवसरमा उनले प्राप्त रकम ५० हजार नेपाली रुपैया माईति नेपाललाई दिएकी थिइन् । अमेरिकाको प्रतिष्ठित लाउडन एकाडेमी अफ साईन्समा प्रवेश पाउने एक नेपाली मूलकी छात्रा देविना थापा भएकी छिन् । देविनाको अनुसन्धान अल्टरनेट अफ एन्टीबायोटिक ” अर्थात् प्रति जैविक को बिकल्प पत्ता लगाउनु रहेको छ ।

