डिसी – यस वर्ष “नेप्लीज अमेरिकन कन्भेन्सन” अमेरिकाको राजधानी वाशिंटन डीसी मा हुने भएको छ । एफ वान ग्रुप द्वारा हरेक वर्ष आयोजना हुदै आईरहेको सम्मेलन आगामी तेश्रो सम्मेलन जून २९ शुक्रबार देखि १ जुलाई आईतबार सम्म हुनेछ भने कार्यक्रम हिल्टन डलस होटेलमा आयोजना हुने भएको छ ।
सन् २०१६ मा लस एञ्जलसमा शुरु गरिएको यस सम्मेलन, २०१७ मा टेक्सास को ड्यालस र अहिले २०१८ मा वाशिंटन डी सी मा हुदैछ ! अमेरीकामा रहेका युवा वर्ग र बिशेषगरि खेलकुद, मनोरंन्जन , कला संस्कृतिमा रहेका वर्गहरु द्वारा स्थापित यस सम्मेलनको मूल उद्धेश्य खेलकुद, सांस्कृतिक, मनोरंन्जन, गोष्ठी, भेटघाट एंव दोस्रो पुस्ताका नेपाली अमेरिकनहरुको पहिचान र नेपालीत्वलाई नबिर्सी अमेरिकी समाजमा अगाडी बढी नेपाली अमेरिकनहरुको गौरव रहने बातावरणको सृजनाको निमित्त पनि आयोजना गरिएको आयोजकले छापा बिज्ञप्ति मार्फत जनाएका छन् ।
३ दिन सम्म संचालन हुने सम्मेलन मा जून २९ शुक्रवार बेलुकी ६ बजे उद्घाटन समारोह, बिहान ८ :०० बजे देखि नै फुटबल, बास्केटबल, भलिबल, क्रिकेटको खेलहरु शुरु गरिने जनाइएको छ ।
आफ्नै नेपाली भाईबहिनिहरु द्वारा प्रस्तुति रहने उक्त कार्यक्रमको संयोजक भर्जिनियामा रहेको नेपाली पाठशाला कि संचालक बिना खड्का लामाको नेतृत्वमा हुने भएको छ ।
दोस्रो दिन मा पनि फुटबल, भलिबल, क्रिकेट, बास्केटबल सहित बालबालिकाहरुको बिबिध कार्यक्रम सहित नेपाली चलचित्र “छिरिङ्ग” को प्रदर्शन हुनेछ ..|शनिवार कै दिन कुशल बास्ताकोटीको आर्ट (चित्र) प्रदर्शनी पनि रहेको छ ।
साथै नेपालको ख्यातिप्राप्त लोक पप ब्याण्ड “कन्दरा” को कन्सर्ट हुने छ । कन्दरा ब्याण्ड पहिलो पटक र पहिलो कार्यक्रम नै शनिवार को दिन एन .एस .सी कन्सर्टमा हुनेछ !
त्यस्तै गरि अन्तिम दिन जुलाई १ मा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट को फ़ाइनल खेल हरु हुनेछ ! अन्तिम दिनको साँझ पुरस्कार वितरणको कार्यक्रम हुनेछ र हिप-हप साँझ हुनेछ । हरेक रात डिजे पनि रहने छ !
नेपालबाट यस सम्मेलनका लागि नेपाल बिधुत प्राधिकरणका महा-प्रबन्धक कुलमान घिसिङ्ग, नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल, नेपाल सरकारका लागि अमेरिकन राजदुत एलैना तेप्लित्ज लाई बिशिष्ट अथितिका रुपमा निमंत्रणा गरिएको छापा बिज्ञप्तिमा जनाइएको छ ।
खेलकुद तर्फ को-कन्भेनर बिज्ञान श्रेष्ठको संयोजन रहने छ भने बिबिध मनोरंजन कार्यक्रम को संयोजन अर्का को-कन्भेनर नीराकर उप्रेतीले गर्ने छन ।
क्यालिफोर्निया मा २०१३ मा दर्ता गरिएको बिद्यार्थी रु सम्मिलित यस एफ वान ग्रुप ले २०१३ मा अमेरीका मा रहेका ६ जना एफ वान बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको थियो ।
२०१४ मा गोर्खा को श्री महालक्ष्मी उच्च माध्यमिक स्कूल लाई ३ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । २०१५ को महाभुकम्पको बेला, एफ वान ग्रुपको संयोजन मा युवा क्लब भिमाद संग संयोजन गरेर, एफ वान ग्रुपको सभापति ब्यास बिस्सुको नेतृत्वमा एक महिना भरि भुकम्प पिडित लाई करी ३५ लाख बराबर को खाध्य पदार्थ तथा अन्य सामग्री प्रतक्ष्य बितरण गरिएको थियो ।
२०१६ साल मा गोर्खा जिल्ला को तान्द्रंग गाबिसमा भुकम्प द्वारा भत्किएको बिद्यालय, एफ वान ग्रुप ले २३ लाखको खर्चमा श्री सिद्धकाली उच्च माध्यमिक बिद्यालय, ताराखसेमा नयाँ ५ कोठे भवन निर्माण गरेको थियो ।
तेस्रो एनएससी आयोजक समितिमा बिज्ञान श्रेष्ठ : को-कन्भेनर (वाशिंटन डी सी ), निराकार उप्रेती : को-कन्भेनर (वाशिंटन डी सी ), बिना खड्का लामा : संस्कृतिक संयोजक (वाशिंटन डी सी ), सन्जोग निरौला : हिपहप साझ संयोजक (वाशिंटन डी सी ), नबिन बस्नेत : इभेन्ट संयोजक (वाशिंटन डी सी ), आशिक लामा : इभेन्ट उप-संयोजक (वाशिंटन डी सी ), केभिन थापा : खेलकुद संयोजक (वाशिंटन डी सी ), बिबेक तामांग: फुटबल संयोजक (बाल्टिमोर) , अनुराग बराल : बास्केटबल संयोजक (वाशिंटन डी सी ) , रमेश भट्ट : भलिबल संयोजक (बाल्टिमोर), प्रलयराज भण्डारी : खेलाडी अथिति संयोजक ( नु योर्क ),जमिर महर्जन : कन्सर्ट संयोजक (डल्लास), अविनाश बास्तोला : संयोजक होटेल (वाशिंटन डी सी ), अनुषा कार्की : लस एञ्जलस, आइषा ओझा : डल्लास, सुशान्त जोशी : डल्लास, बिशाल महत: डल्लास , पंकज श्रेष्ठ : डल्लास, मनन सापकोटा : डल्लास, कुसुम भण्डारी: बाल्टिमोर , शिव मल्ल : बाल्टिमोर रहेका छन् ।
यसै गरि गोविन्द सुबेदी : भर्जिनिया (Executive Member), कृष्णजीबी पन्थ : भर्जिनिया (Executive Member), अदिप रोका : बाल्टिमोर (Executive Member), बिकाश उप्रेती : डल्लास (Executive Member) , दिवस थापा : डल्लास (Executive Member) तथा अनिल के सी : लस एञ्जलस (Executive Member) रहेका छन् ।