पोखरा, १ जेठ ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । काँग्रेसका उम्मेदवार मन बहादुर गुरुङले एमालेका उम्मेदवार ज्याम प्रसाद गुरुङलाई २९ मतले पछि पारेका हुन् । मनले ३ सय ५५ मत पाउँदा ज्यामले ३ सय २६ मत पाएका थिए । वडाध्यक्षमा माओबादी केन्द्रका उम्मेदवार ५४ र राप्रपाका खोमराज गुरुङले ११ मत पाएका छन् । वडा सदस्यमा खुल्ला तर्फ तेज बहादुर रानाभाट र लोक बहादुर गुरुङ, दलित महिला सदस्यमा कमला विक र महिला सदस्यमा धन माया गुरुङ निर्वाचित भए ।