गुल्मी – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली काग्रेसले गुट बन्दी अन्त्य गर्नुपर्ने र संगठनलाई मजबुत बनाउनुपर्ने बताउनु भएकोे छ ।
नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा पूर्व अर्थमन्त्री समेत रहनुभएका डा. महतले नेपाली काग्रेस पराजय हुनुमा गुटको कारण समेत रहेको बताउनुभएको छ । अब नेपाली काग्रेसले गुट नबनी बिकास निर्माणमा लाग्न र संगठनलाई सुदृणीकरणमा लाग्नका लागि सबै एकजुट हुनुपर्नेमा आग्रह गर्नुभयो ।
नेपालमा श्रम गरेर हिन्दूस्थानमा ५० प्रतिशत रकम गएको भन्दै यसलाई रोक्नका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । गुल्मी काग्रेसले थालेको अभियानको सम्मान गर्दे अन्य जिल्लाले पनि यसबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
अहिले बामपन्थीहरुले प्रशासनमा समेत राजनीति गर्न थालेको भन्दै यसलाई सचेत गराउनु काग्रेसको कर्तब्य समेत रहेको दाबी गर्नुभयो । युवाहरु बिदेशीने क्रम बढेको भन्दै महतले श्रमको सम्मान गर्दै नेपाली अर्थतन्त्रलाई स्वदेशमानै राख्नका लागि जोड दिनुभयो ।
टिकट बितरणमा गल्ती भयो: महत
नेता महतले स्थानीय र प्रदेश तथा केन्द्र चुनावको टिकट बितरणमा अनियमितता भएको स्विकारेका छन । गाउँमा नजाने ठुलाकुरा गर्ने र चुनावको समयमा नेताको चाकडी गरेर टिकट लिने प्रबृतिको अन्त्य गर्नुपर्ने महतको जोड थियो ।
आफैँ टिकट बितरण गर्ने संसदीय बोर्डको सदस्य रहेका महतले आफ्नो गृहजिल्लाको टिकट बितरणमा हस्तक्षेप गर्दा पार्टिको गढ क्षेत्रमै सर्बनाक पराजय भएको भन्दै आलोचना भईरहेको छ । टिकट बितरणमा गल्ती भएको महतले स्विकारेका हुन ।
काठमाण्डौमा बसेर टिकट लिने जमनाको अन्य भयो: भण्डारी

नेपाली कागे्रसका केन्द्रिय सदस्य एबम नेता चन्द्र भण्डारीले अब काठमाण्डौमा बसेर चुनाबको टिकट लिने जमनाको अन्त्य भएको बताउनुभयो । गाउँ नजाने र राजधानी बसेर ठुलाकुरा गर्न काग्रेसमा रोग लागेकाले यसलाई अब अपे्रशन गर्नु पर्ने बताउनुभयो। पछिल्लो निर्वाचनमा जनताले काग्रेसलाई सुर्धानका निम्ती हराएको भन्दै भण्डारीले अबको निर्वाचनमा काग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो ।
अहिलेको बाम सरकारले काग्रेसलाई बिकास निर्माणमा र अन्य बिषयहरुमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने ठोकुवा गर्नुभयो । बैशाख १ गतेदेखी सुरुभएको ५० दिने गाउँ जाउँ गाउँमै रमाउ महाअभियानको समापन कार्यक्रममा जिल्लाका ९३ वटै वडाका पार्टी सभापतीहरु एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।