२०८२ वैशाख १७ गते | 30th of April 2025

अमेरिका नेपाल सोसाइटी, क्यालिफोर्नियामा चिरन्जिवी गौतम पून: अध्यक्ष

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते ११:२४

लस एन्जलस – अमेरिका रहेका सबैभन्दा पुरानो संस्था मध्यको एक अमेरिका नेपाल सोसाइटी, कालिफोर्नियाको आगामी दुई बर्षे कार्यकालका लागि नयां कार्यसमिती छायान भएको छ । कार्यसमिती चयन गर्न उक्त संस्थाका संस्थापक अध्यक्ष तथा लस एन्जलस नेपाली समुदायका अभिभावक समाजसेवी वेदभक्त जोशीको सल्लाहमा अनिल प्रधान संयोजक रहेको निर्वाचन समितिले आगामी दुई बर्षको कार्यकालका लागि चिरन्जिवी गौतम पून: निर्वाचित भएको जनाएको छ ।

नव निर्वाचित कार्यसमितिमा चिरन्जिवी गौतम अध्यक्ष, प्रथम उपाध्यक्ष – उपेन्द्र न्यौपाने, द्वितिय उपाध्यक्षमा कर्ण चन्द, सचिव एकदेव शर्मा र कोशाध्यक्ष पदमा लक्क्षमण नेपाल निर्वाचित भएको जनाईएको छ । सदस्यहरु यथाशाक्य मनोनयन गरिने जनाईएको छ । स्मरणीय छ, सन १९७३ मा स्थापना भएको अमेरिकाको सबैभन्दा पुरानो भनिने अमेरिका नेपाल सोसाईटी अफ कालिफोर्नियाको संस्थापक तथा संरक्षक लस एन्जलसका वरिष्ठ समाजसेवी वेदभक्त जोशी हुनुहुन्छ ।

समाजसेवी बेदभक्त जोशीको निर्देशन र संरकक्षत्वमा हुर्केको एएनएसको नव-निर्वाचित समितीले सामुदायिक सेवा र प्रवासी नेपालीहरुको हितमा हिजोका दिनमा स्थानिय सामाजिक संघ-संस्थाहरुसंग शुरु गरेका सहकार्य र समन्वयका साथमा संस्थामार्फत पुराना तथा नया कार्यक्रमहरुलाई सन्चालन गरी संस्थालाई गतीशिल कार्यहरुमा निरन्तरता दिने कुरा नव-निर्वाचित अध्यक्ष गौतमले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *