२०८२ पुष १४ गते | 29th of December 2025

पाँच वर्षमा रेल चल्दैन भन्नेलाई सित्तैमा रेलमा चढाउँछौं : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते १६:४६

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्रमा काठमाडौं–रक्सौल रेलमार्ग बनाएर रेल कुदाउने बताउननुभएको छ ।

नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले पाँच वर्षभित्रै काठमाडौं–रक्सौल रेलमार्गमा रेल कुदाएर छाड्ने बताउनुभएको हो । ‘एक वर्षमा रेलमार्गको डीपीआर बनाएर सक्छाैं, पाँच वर्ष भित्रमा रेल चलाउँछौं । अनि रेल चल्दैन भन्नेहरुलाई त्यो रेलमा टिकट नकाटिकन चढाउनेछौं ।’

अध्यक्ष ओलीले पार्टीमा गुट बनाउन नदिने बताउनुभएको छ । उहाँले तत्कालिन माआवादीका अध्यक्ष प्रचण्ड र आफू पनि मिलिसकेपछि अब गुटको आवश्यकता नरहेको बताउनुभयो ।

‘अब किन गुट बनाउने ?’, अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘कम्युनिष्टका दुईवटा धार मिलिसकेपछि पनि किन गुटको आवश्यकता पर्यो ?’ देशमा अझै पनि केही पृथकतावादी, हिंसावादी तत्वहरुले हिंसात्मक गतिविधि गरेमा राज्यले नियन्त्रणमा लिएर कारबाही गर्ने उहाँले बताउनुभयो । ‘देशलाई टुक्राउने, बिखण्डन गर्नेलाई हामीले सम्झाएका छौं’, ओलीले भन्नुभयो, ‘नटेरेमा कारबाही गरेर छाड्छौं ।’

हिंसात्मक क्रियाकलापहरुलाई कुनै पनि हालतमा सफल हुन नदिने उहाँको भनाई छ । पार्टी एकीकरणका तल्ला प्रकृयालाई टुङगाउनका लागि आफूहरु लागि परेको ओलीले बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ आफूहरुले काम गर्ने ओलीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *