२०८१ जेठ ६ गते | 19th of May 2024

गंगामायाको जीवनरक्षा गर्न आयोगको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २१ गते १८:२३

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषीमाथि कानूनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ ।

छोराको न्यायका लािग यही जेठ १५ गतेदेखि पुनःअनशनमा बस्दा र पटक पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ ।

सरकार र सम्बन्धित निकायसमेतलाई पटक पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटोछरितो र सर्वसुलभ हुनुपर्ने मूल्य मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *