२०८२ वैशाख १७ गते | 30th of April 2025

पूर्व मिस नेपाल मलिना मिस नेपाल – यूएसकी प्रशिक्षक

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते ९:२९

टेक्सास – अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ ‘मिस नेपाल यूएस २०१८’को आधिकारिक प्रशिक्षकमा २०११ की मिस नेपाल मलिना जोशी नियुक्त भएकी छिन् ।

टेक्ससको ड्यालसमा आगामी १९ अगस्टका आयोजना हुने कार्यक्रमको लागि मलिनालाई प्रशिक्षक छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।
सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनि सकेकी मलिनालाई दोश्रो पटक पुन ःआयोजक संस्थाले नियुक्त गरेको हो ।

मलिनासँग एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर, डिस होम कि ब्रान्ड सद्भावदुत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्निया कि आधिकारिक कोरियोग्राफी, बिश्व बन्य जन्तु नेपालकी पूर्व युवा संरक्षण लगायतमा काम गरेको अनुभव रहेको छ ।

मिस नेपाल यूएस २०१८ को बिजेताले ४५ हजार अमेरिकी डलर बराबरबो अध्ययनको लागि छात्रवृत्ति जित्न सक्नेछिन् । नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरुको प्रतियोगितामा सहभागीता रहनेछ । प्रतियोगिताको आवेदन जुन २३ सम्म दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *