२०८१ वैशाख २३ गते | 5th of May 2024

लायन गभर्नर राजेन थापा सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते १०:४५
डलास – लायन्स इन्टरनेशनलको अमेरिकामा रहेको डिष्ट्रिक्टहरु मध्ये क्यालिफोर्निया फोर सी थ्रि को गर्भनर बन्नुभएका राजेन थापालाई डलास एभरेष्ट लायन्स क्लबले स्वागत तथा सम्मान गरेको छ ।
अमेरिकामा पहिलो नेपाली मुलका गर्भनर बन्नुभएका थापालाई अमेरिकामा नेपाली सम्वद्ध पहिलो क्लबको रुपमा रहेको डलास एभरेष्ट लायन्स क्लबले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको हो । गत शनिवार आयोजित आयोजित एक कार्यक्रमका विच गर्भनर थापा, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व गर्भनर विष्णु श्रेष्ठ, वरकली अन्नपूर्ण लायन्स क्लब क्यालिफोर्नियाका निवर्तमान अध्यक्ष मनिल वावु श्रेष्ठ, हार्डफोर्ड काउन्टी एभरेष्ट स्ेन्टिनियल लायन्स क्लब कनेक्टिकटका अध्यक्ष राज श्रेष्ठ लाई क्लबले सम्मान गरेको हो ।
क्लबका अध्यक्ष बिएन पन्तको अध्यक्षता, निवर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेको सहजीकरणमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु केआर वास्तोला, महेन्द्र पौडेल , शिव काफ्ले, केशव लामिछाने,  भानु खरेल,  दिनेश शर्मा, नव गठित अर्विङ एभरेष्ट सेन्टिनियल लायन्स क्लबका अध्यक्ष गौरव न्यौपाने, डलास एभरेष्ट लायन्स क्लबका प्रेसिडेन्ट इलेक्ट थलराज पन्त, सुरेश वस्याल, केदार तिमिल्सिना लगायतले धारणा राख्नुहुदैं सामाजिक सेवाको क्षेत्रमा डलास एभरेष्ट क्लबले फरक कार्य गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा बोल्दैं गर्भनर थापाले लायन्स अन्तराष्ट्रिय संजाल भएको र विश्वमाझ परिचित सामाजिक तथा मानवीय सेवामुखी संस्था भएकाले यसमा लाग्न सबैंलाई आग्रह गर्नुभयो । लयन्स मार्फत नेपाल र अमेरिका दुवैं देशमा सेवाका प्रशस्त काम गर्न सकिने बताउदैं गर्भनर थापाले संस्थामा निरन्तर लाग्न र लायन्सको  डिष्ट्रिक्टहुदैं इन्टरनेशनलसम्म पुग्ने गरी सक्रियता बढाउन सबैंमा आग्रह गर्नुभयो ।
यसैविच, अमेरिकामा रहेका नेपाली सम्वद्ध लायन्स क्लबहरुले संयोजन गरी नेपालमा प्रभावकारी दिर्घकालिन महत्वको सेवाको काम गर्ने अभियान डलास एभरेष्ट लायन्स क्लबले गर्ने भएको छ । त्यसका लागि लायन्स क्लबहरुसग समन्वय गरी अगाडि बढ्ने र त्यसको पहल पुरानो क्लब भएको नाताले डलास एभरेष्ट लायन्स क्लबले गर्ने क्लबका निवर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेले बताउनुभयो, विश्वन्युजले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *