२०८१ वैशाख २३ गते | 5th of May 2024

टेक्सासको तालमा डुबेर नेपाली बिद्धार्थीको निधन

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते २३:४९

डालस – नेपालबाट अमेरिका पढ्न आएका एक बिधार्थीको तालमा डुबेर निधन भएको खबर प्राप्त भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालासमा पर्ने लेविसभिल तालमा साथीहरुसंग गत जुन ४ तारिख राती ९:३० बजे पौडी खेल्दा उनको मृत्यु भएको हो ।

साथीहरुसगै खेली रहेको समयमा उनि नदेखिए पछि ९११ प्रहरी लाई खबर गरे पछि उनि मृत अवस्थामा फेला परेको जानकारी नेपाली टेक्सस समाजका अध्यक्ष सुमन थापाले  जनाएका छन् ।

२२ बर्षिय मृतक बिद्यार्थी बिबेक दाहाल हुन् भने उनी सामुदायिक कलेजबाट अध्ययन समाप्त गरेर विश्वबिद्यालय जाने तरखरमा रहेको जानकारी प्राप्त भएको छ ।

उनी युनिभर्सिटी अफ आर्लिंगटन टेक्सस जाने तयारीमा थिए । अस्पतालले उनलाई मृत घोषित गरिसकेको छ भने प्रहरीले पनि पुष्टि गरेको जानकारी नेपाली टेक्सस समाज अध्यक्षका सुमन थापाले दिएका छन् ।

थापाले मृत दाहालका आफन्तजनलाई जानकारी गराई सकिएको बताएका छ । नेपाली समाज टेक्सासले आबश्यक सहयोगका लागि  समुदायसंग छलफल गरिरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *