२०८१ वैशाख २५ गते | 7th of May 2024

कति काँग्रेसीले थाहा पाए नारायण कार्कीको खुट्टा काट्नु पर्‍यो भनेर ?

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २४ गते २०:१५

काठमाडौं- नेपाली काँग्रेसका नेता नारायण बहादुर कार्कीको दाहिने खुट्टाको घुँडा मुनिको भाग अन्तत काटिएको छ। चुनावका बेला कार्की सवार सवारी साधनमा वम विस्फोट गराइएपछि गम्भिर घाइते भएका उनको ६ महिना लामो उपचार भएको थियो।

कार्कीको उपचारकै क्रममा जेठ २० गते दाहिने खुट्टा काट्नु परेको हो। उनको खुटा काटिएपछि अस्पतालमै आराम गरिरहेको तस्विर काँग्रेस कार्यकर्ताहरुले हाम्राकुरालाई उपलव्ध गराएका छन्। खुट्टा काटिएपछि पनि उनी निराश भाव नलिइ शान्त देखिन्छन्। तर जिल्लाका स्थानिय नेता कार्यकर्ता र परिवारका सदस्यहरु भने काँग्रेसको नेतृत्वमा सरकार भएकै बेला घाइते भएका आफ्ना उमेद्वार समेत रहेका नेताको उपचारमा पार्टीले ध्यान नदिएको आक्रोश रहेको छ।

नेपाली काँग्रेसका पार्टी सभापति तथा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले समयमै उचित ध्यान नदिएको गुनासो पनि छ। चुनावको बेलाका घाइतेहरुको सबै उपचार खर्च सरकारले व्यहोर्ने बताइएपनि कार्की परिवार माग्ने जस्तो भएर सरकारको ढोका ढोकामा याचना गर्न वाध्य भएकोमा परिवारसँगै सिंगो उदयपरको काँग्रेस रुष्ट छ। उपचार खर्च सरकारले व्यहोर्ने बताए पनि नाम मात्रको औषधीहरु मात्र दिएर पन्छिन खोजेको गुनासो उनको उपचारमा खटिएका आफन्तहरुको छ।

घाइते भए अस्पतालमा थन्किएर बस्नुपर्दा पार्टीका नेता तथा कार्यकर्ताहरुले विर्सेको तीतो अनुभव पनि व्यहोरे कार्कीले । उपचार खर्चको अभाव त उठाएकै थिए। २०७५ जेठ २० गते आइतवार खुट्टा काटिएको अवस्था पनि पार्टी नेतृत्वले बल्ल थाहा पाएको छ। सरकारले त कानमा तेल हालेर बसेको छ। सरकारका मन्त्रीहरु उपचारका लागि विदेशको सयर गर्दा काँग्रेसका यि नेता भने खुट्टा नै काटिनुपर्ने अवस्थामा काठमाडौंको शिक्षण अस्पतालमा ६ महिना विताउन वाध्य भए।

लामो उपचार पछि पनि खुट्टाको घाउ नीको नभएपछि अन्तत कार्कीको खुट्टा नै काट्नु पर्‍यो। उनीसँगै घाइते भएकी मीरा कटुवालको सोहि समयमा खुट्टा काट्नु परेको थियो।

संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कार्की चुनाव प्रचारका क्रममा मंसिर १३ गते निर्वाचन बहिष्कारमा उत्रिएको नेकपा विप्लव समुहद्वारा गरिएको कुकर बम विष्फोटनमा गम्भिर घाइते भएका थिए ।

पूर्वसभापति कार्कीको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। उनको लामो समयदेखि चलेको उपचारका लागि आर्थिक समस्या व्यहोर्‍यो। कार्कीको उपचारमा नेपाली काँग्रेस पार्टी र सरकारले पनि ध्यान नदिएको कार्कीको परिवार र स्थानिय काँग्रेस कार्यकर्ताहरुले बताए। निर्वाचनका क्रममा भएका घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उनको परिवारको छ ।

उपचार खर्चको अभाव भएको कुरा बाहिर आएपछि यसअघी विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले कार्कीको उपचारमा सहयोगका लागि एक लाख सहयोग गरेको थियो।

अस्पतालका निर्देशक सुनिल शर्माले कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूमार्फत सहयोग हस्तान्तरण गरेका थिए। अहिले नेपाली काँग्रेस उदयपुरले सरकार र काँग्रेस पार्टी नेतृत्वसँग पनि चुनावको बेला घाइते भएर खुट्टा गुमाउनु परेका नेता कार्कीको उपचारका लागि उचित पहल गर्न र क्षतिपूर्तीको माग गरेको छ, हाम्राकुराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *