२०८१ वैशाख २३ गते | 5th of May 2024

एनआरएन सम्मेलनमा पर्यटनमन्त्री अधिकारी प्रमुख अतिथी

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २४ गते २३:३२

सान-फ्रान्सिस्को – आउंदो जुन १६ र १७ तारिखमा अमेरिका क्यालिफोर्नियाको सानफ्रान्सीस्कोमा आयोजना हुन लागेको बिज्ञ सम्मेलन तथा एनआरएन अमेरिकाको साधारण सभामा नेपाल सरकारका पर्यटनमन्त्री रबिन्द्र अधिकारी मुख्य अतिथीको रुपमा सहभागी हुनुहुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्र र एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा मन्त्री अधिकारी संगै पुर्ब मन्त्री प्रकाशचन्द्र लोहनी, एनआरएन आइसीसी अध्यक्ष भबन भट्ट लगायत नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेताहरुको सहभागी रहने बताइएको छ ।

बिदेशमा रहेका बिज्ञ नेपालीहरुले समृद्ध नेपालका लागी गर्न सक्ने पहलका बिषयमा छलफल गर्न आयोजना गरिएको बिज्ञ सम्मेलनमा बिभिन्न देशमा रहेर बिभिन्न क्षेत्रमा बिज्ञता हासील गरेका गैर आवासीय नेपालीहरुको सहभागीता रहने आयोजकको भनाई रहेको छ ।

बिज्ञ सम्मेलनमा कैयौं क्षेत्रका बिज्ञहरुले सहभागी हुने सहमती जनाइसकेको एनआरएन अमेरिकाज क्षेत्रका संयोजक (आरसी) गौरी जोशीले जानकारी दिनुभयो । आरसी जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल, सम्मेलन आयोजक समितीकी संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापा, बिज्ञ भेला संयोजक तथा आइसीसी सदस्य डिल्ली भट्टराईले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै कार्यक्रममा सहभागीताका लागी सम्पुर्ण गैर आवासीय नेपालीहरुमा आह्वान गर्नुभएको छ ।

बिदेशमा बस्ने बौद्धिक नेपालीहरु, नेपाल सरकारका बरिष्ठ अधिकारीहरु तथा एनआरएनएका पदाधिकारीहरु सहभागी हुन लागेको यस कार्यक्रम आफैंमा महत्वपुर्ण भएकाले सबै सहभागी हुन अनुरोध गरिएको हो ।

सानफ्रान्सीस्को स्थित होटल बडल ट्री मा हुन लागेको कार्यक्रम एनआरएन अमेरिका क्यालिफोर्नीया च्याप्टरको आतिथ्यतामा हुन लागेको हो । यसैबीच जुन १६ तारिख शनिबार र १७ तारिख आइतबार सम्पन्न हुन लागेको यस कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको सम्मेलन संयोजक उमा कार्की थापाले जानकारी दिनुभएको छ ।

संयुक्त बिज्ञप्ती :

गैर आवासिय नेपाली संघ र एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको संयुक्त पहलमा जुन १६ र १७ मा विदेशमा वसेर आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका बौद्धिक व्यक्तित्वको सहभागितामा विज्ञ सम्मेलन र त्यस लगत्तै एनआरएन अमेरिकाको साधारण सभा हुदैं छ ।

यी दुवै कार्यक्रममा सकृय सहभागिताका लागि हामी सवै गैर आवासिय नेपाली समुदायलाई आग्रह गर्छौ । यस कार्यक्रममा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि हुनु हुने छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरु लगायत विभिन्न देशवाट एनआरएनएका पदाधिकारीहरु सहभागिता जनाउनु हुने छ । विदेशमा वस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारीहरु सम्मिलित हुने यो आफैंमा महत्वपुर्ण अवसर हो ।

नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । कयौं क्षेत्रका विज्ञहरुले यस सम्मेलनमा सहभागिता हुने सहमति जनाईसक्नु भएको छ । नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पुर्वाधार, विकास, जस्ता क्षेत्रका विज्ञहरुले आफ्ना धारणाहरु राख्नुहुने छ ।

नेपाल संघिय संरचनामा प्रवेश गरिरहेको अहिलेको अवस्थामा यो सम्मेलनमा आउने विचारहरु उपयोगी हुने छन् भन्ने हाम्रो विश्वास छ । एनआरएन अमेरिकाको साधारण सभा नियमित प्रकृया लगायत भावी रणनीतिको योजना वनाउन महत्वपुर्ण अवसर हुने हामीले ठानेका छौं । आईसीसी र एनसीसीको संयुक्त रुपमा हुन लागेको यो कार्यक्रम आफुंमा महत्वपुर्ण छ ।

यसैले यस भेलामा सहभागिताका लागि हामी यहांहरु सवै नेपाली समुदायलाई आग्रह गर्छौैं । यस भेला एनआरएन समुदाय विच आपसी संजाल विस्तार गर्ने मौका पनि हो । यसैले पनि हामी यहांहरु सवै एनआरएन साथिहरुलाई सम्मेलनमा सहभागिताका लागि आग्रह पनि गर्छौ । यो सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डबल ट्रीमा हुने छ । सम्मेलनका वारेमा थप जानकारी चाहिए सम्पर्क गर्न सक्नुहुने छ ।

गौरी जोशी
क्षेत्रिय संयोजक अमेरिकाज क्षेत्र

डा. केशव पौडेल
अध्यक्ष एनआरएन अमेरिका

उमा कार्की थापा
साधारण संयोजक तथा उपाध्यक्ष एनआरएन अमेरिका

डिल्ली भट्टराई
संयोजक विज्ञ भेला तथा आईसीसी सदस्य 

Leave a Reply

Your email address will not be published. Required fields are marked *