२०८१ असोज १७ गते | 3rd of October 2024

नेविसंघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २५ गते २०:४९

काठमाडौँ – नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसंघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको बताए ।

आगामी जेठ ३० गते नेविसंघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल समेत गर्ने भएको छ ।

अध्यक्ष महरले विधानलाई अन्तिमरुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने बताए । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ ।

यसैगरी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघले जनाएको छ ।

नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी र्दिए ।

प्रवक्ता जोशीले नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जेठ २७ मा सबै जिल्लामा सिठी जुलुस, जेठ २९ मा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको बताए ।

17 thoughts on “नेविसंघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *