लस एन्जलस – लस एन्जलसमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । एनआरएन अमेरिका हेल्प डेस्क, Society of American Nepalese Nurses (SANN), एनआरएन अमेरिका महिला समिती, र एनआरएन क्यालिफोर्निया च्याप्टरको संयुक्त आयोजनामा उक्त स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।
स्थानिय श्रीपशुपतिनाथ-बुद्ध मन्दिरमा बिहान ९:०० बजे देखी दिउंसो १:०० बजेसम्म आयोजना हुने स्वास्थ्य शिविरमा नि:शुल्क सेवा प्राप्त गरी स्वास्थोपचार लिन सहभागीताका लागि आयोजक संस्थाहरुले आग्रह गरेका छन ।
आगामी आईतवार अर्थात ०६-१०-२०१८ मा उक्त कार्यक्रम आयोजना हुनेछ ।