पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता झनै बढेको छ । १३ सय मत गनिसक्दा एमालेका उम्मेदवार मान बहादुर जिसीले ७ सय ३३ मत पाएका छन् भने काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ७० मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ७ सय २१ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय ८४ मत पाएकी छिन् । वडाध्यक्षमा एमालेका लागि ७ सय ३५ र काँग्रेसका लागि ४ सय ८१ मत परेको छ ।
हामी निरन्तर अपडेटमा छौं ।