२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रियंकादेखी हैरान निर्माताहरु

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ३१ गते ११:३९

काठमान्डौं – चर्चित मोडल तथा अभिनेत्री प्रियंका कार्की सामाजिक मिडिया क्रेजी छिन् । उनका फेसबुक तथा इन्स्टाग्राम प्रोफाइल नियाल्ने हो भने दिनहुँ अनेकौं तस्वीर अपलोड भएको पाइन्छ । सेलिब्रेटी भएपछि आफ्ना गतिविधि सामाजिक मिडियामा सार्वजनिक गर्नु सामान्य कुरा नै हो ।

यद्यपि प्रियंकाको यो बानीले निर्माताहरूलाई भने हैरान बनाएको छ । अधिकांश निर्माता–निर्देशक छायांकनको क्रममा रहेका बेला आफ्ना चलचित्रका तस्बिर सकेसम्म सार्वजनिक गर्न रुचाउँदैनन्।

तस्बिरसँगै सम्बन्धित कलाकारको पहिरन, गेटअप आदि बाहिरने डर उनीहरूलाई हुन्छ । अभिनेत्री कार्की भने त्यसको ठीक विपरीत छिन् । उनी चलचित्रको सेटबाटै तस्बिर अपलोड गर्न हिच्किचाउँदिनन् ।

फ्लोरमै रहेको आफ्नो चलचित्रको तस्बिर बाहिरन थालेपछि निर्माता–निर्देशकहरूले प्रियंकासमक्ष नौलो सर्त राख्न थालेको बताइन्छ । मौखिकरूपमै राखिएको उक्त सर्तको बेहोरा यस्तो छ– ‘छायांकनकै क्रममा चलचित्रको गेटअपमा तस्बिर अपलोड गर्न नपाइने ।’ घण्टैपिच्छे तस्बिर अपलोड गर्न रुचाउने प्रियंकाले यो सर्त पालना गर्ने हुन् कि होइनन्, समयले नै बताउला ।

‘म त मान्छे नभई, ट्याक्टर हुँ’ : प्रियंका

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की । प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन । उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन्।
प्रियंका आफूलाई मान्छे नभई ‘ट्याक्टर’ हुँ भन्छिन् । उनले भनिन् – ‘म त मान्छे नभई, ट्याक्टर हुँ जस्तो लाग्छ । म खानामा ध्यान नै नदिई, एकदमै धेरै काम गर्छु ।’

केहि दिन अगाडि मात्र एक म्यूजिक भिडियोको छायांकनका क्रममा नायिका बेहोस् भइन् ।
प्रियंका बेहोस भएपछि उनलाई डाक्टरले १५ दिन आराम गर्न भनेका छन् । तर, उनी ३ दिन मात्र आराम गरेर फेरि काममा फर्किने तयारीमा छिन् । उनले भनिन् – ‘डाक्टरले १५ दिन आराम गर्नु भन्नु भएको छ । हिजोबाट आराम गरिरहेकी छु । पर्सी फेरि सुटिङ छ ।’
उनी, चलचित्र ‘राधे’को छायांकनका क्रममा पनि बेहोस भएकी थिइन् । त्यस अगाडि उनी, ‘हाउ फन्नी र आवरण’को छायांकन सेटमा पनि बेहोस् भएकी थिइन् ।

आखिर किन हुन्छिन्, प्रियंका बारम्बार बेहोस ?

प्रियंकाको ब्लड प्रेसर लो छ । त्यसमाथि अहिले, उनको शरीरमा हेमो ग्लोबिनको कमी भएको छ । उनले भनिन् – ‘डाक्टरका अनुसार, १६ हुनुपर्ने हेमोग्लोबिनको मात्र उनको शरीरमा ६(७ मात्र छ । जसकाकारण, उनी बारम्बार कामको चापका कारण बेहोस हुने गरेकी हुन्।

उनले भनिन् – ‘म एकदमै धेरै काम गर्छु । तर, खानामा किचकिचे छु । म मासु खाँदिन । खानामा पनि खासै वास्ता गर्दिनँ । अब, पनि यस्तै हेलचक्राई गरेको खण्डमा शरीरले साथ नदिने हो कि भन्ने पिर लाग्न थालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *