सान-फ्रान्सिस्को – यहि जुन १६ र १७ तरिक सानफ्रानसिन्सकोमा हुने कार्यक्रममा आउने अतिथिको सवारी व्यवस्थापन समिति संयोजक तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका तुलसी चौलागाईंकानुसार मन्त्री र विज्ञहरुलाई ‘लिमोजीन कार’को व्यवस्था पनि गरिएको छ । नेपालबाट आउने मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री प्रकाशचन्द्र लोहोनी, पुर्वमन्त्री रेवती भुषाल, एनआरएन आइसीसीका पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, एनआरएन आइसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, लगायतका अतिथिलाई यो सुविधा प्रदान गरिने छ ।
ब्यापारी श्रेष्ठको सहयोगमा पाहुनाहरुलाई रात्रीभोज :
स्थानीय व्यवसायी यज्ञलाल श्रेष्ठको आर्थिक सहयोगमा गर्न लागिएको रात्रि भोजमा नेपालबाट आउने मन्त्री, विज्ञ र स्थानीयको सहभागिता रहने छ । सानफ्रान्सिस्को विमानस्थल नजिकै रहेको हिल्टन र रुफ टप होटेलमा अतिथिहरूलाई राख्ने व्यवस्था मिलाइएको छ । कार्यक्रम व्यवस्थापन समिति सदस्य उत्तम कार्कीका अनुसार साढे तीनसय सहभागी अटाउने होटेल हिल्टनको हलमा कार्यक्रम गरिने छ । सोही हलमा नेपाली कम्यूनिटी सेन्टरले अतिथि र दातालाई स्वागत र सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।
नेपाल सरकारका मन्त्री, एनआरएन आइसीसीका पदाधिकारी बिच विज्ञहरूले आफ्नो ज्ञान र अनुसन्धानलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर सोधपत्र प्रस्तुत गर्नेछन् । १६ तरिका विज्ञहरूको प्रस्तुति रहने छ भने जुन १७ मा एनआरएन अमेरिकाको साधारण सभा हुनेछ ।