२०८२ फागुन २३ गते | 7th of March 2026

जनसम्पर्क समिति क्यालिफोर्नियाले मन्त्री अधिकारीलाई बुझायो ज्ञापनपत्र

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ३ गते ६:३१

सन फ्रान्सिस्को । जनसम्पर्क समिति क्यालिफोर्नियाले पर्यटन मन्त्री रवीन्द्र अधिरकारीलाई दुई बुँदे ज्ञापनपत्र बुझाएको छ। एनआरएन विज्ञ भेलामा सहभागी हुन अमेरिकाको क्यालिफोर्निया पुगेका मन्त्री अधिकारीलाई समितिका पूर्व अधिवेशन संयोजक विष्णु सुवेदीको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाएका हुन्।

समितिले बुझाएको ज्ञापनपत्रको पहिलो बुँदामा बालकृष्ण ढुंगेललाई माफी दिएकोमा विरोध गर्दै नेपाल अधिनायकवादतर्फ लम्कन लागेको र दोस्रो बुँदामा एक पटकको नेपाली सधैंको नेपालीको अवधारणामाथि चोट पुग्ने गरी नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले दिएको अभिव्यक्तिको खेद जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *