२०८० मंसिर १३ गते | 29th of November 2023

नेपाली फुटबल टिमका कप्तान बिराज महर्जन सहित राष्ट्रिय खेलाडी भरत खवास र नवयुग श्रेष्ठ तेस्रो एनएसी सम्मेलनको लागि अमेरिका आईपुगे

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ६ गते १५:२१

लस एन्जलस – उच्च शिक्षाका लागि अमेरिका आएका युवाहरुद्वारा आयोजना गरिंदै आईएको तेस्रो नेपालीज अमेरिकन कन्भेन्सन, यही आउदो जून २९ देखि जुलाई १ सम्म अमेरिकाको राजाधानी वाशिंटन डी सी मा हुदैछ । पहिलो संस्करण २०१६ मा लस एन्जलसमा सम्पन्न भएको नेपलीज अमेरिकन कन्भेन्सन दोस्रोपटक भने टेक्सासको डल्लास शहरमा सम्पन्न भएको थियो । Image may contain: night, sky and text

६०० जना त खेलाडी मात्र सहभागी रहने तेस्रो कन्भेन्सनमा बिविध मनोरंजनात्मक कार्यक्रम सहित बिबिध फोरमहरु संचालन हुने आयोजक संस्था एफ १ ग्रुप तथा कन्भेन्सनका संयोजक बास बिस्सुले जनाएका छन । Image may contain: 1 person, text

१२ फुटबल टिम, ८ बास्केटबल टिम, ६ भलिबल टिम, ४ क्रिकेट टिम रहने यसपालीको सम्मेलनमा सांस्कृतिक तथा परम्परा झल्कने कार्यक्रम रहनेछन । नेपालको प्रख्यात सांगितिक समुह कन्दराले पहिलोपल्ट अमेरिकामा आफ्नो भब्य कन्सर्ट गर्दैछ । त्यसैगरी अमेरिकामै हुर्केका दोस्रो पुस्ताका युवाहरुद्दारा हिप-अप सांझको आयोजना गरिनेछ । Image may contain: one or more people

एनएसीले आयोजना गर्ने कार्यक्रमहरु मध्य फुटबल खेल अत्यधिक चासोको खेल रहदैं आएको छ । सम्मेलनमा सहभागी हुनका लागि फुटबल खेल दर्ता २ महिना अघि नै बन्द भैसकेको छ । १२ टिम सम्मिलित यस प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीहरु फुटबलको स्तर उन्नतीमा साथ दिने हेतुले दिलोज्यानका साथ प्रतियोगितामा सहभागी हुनेछन । Image may contain: 1 person, text

एनएसीको लागि नेपाली खेलकुदका ब्रान्ड एम्बेसडर रहेका राष्ट्रिय फुटबल टीमका कप्तान विराज महर्जन, भरत खवास र नवयुग श्रेष्ठ अमेरिका आईपुगेका छन । नेपाली फुटबललाई अमेरिकामा रहेको एनएसी र फुटबलप्रेमीहरुले के कस्तो सहयोग गर्न सक्नेछ भन्नेबारे पनि सल्लाह गर्नेछन ।

Image may contain: 5 people, people smiling, text

नेपाली फुटबलका कप्तान सम्मिलित अमेरिका आईपुगेको यो टोलीलै १ महिनाको लागि तालिम दिने र अब सेप्टेम्बरमा हुन लागेको १२औं साफ गोल्ड कपको तयारी गर्ने प्रोजेक्ट बिराज महर्जन, भरत खवास र नवयुग श्रेष्ठले एनएसीको तर्फ बाट नेपाल फुटबल संघ एन्फालाई प्रोपोजल पठाईसकिएको संयोजक बिस्सुले जनाएका छन ।

Welcome our Nepal National Soccer players, captain Biraj Maharjan, Bharat Khawas, Nawayug Shrestha here in the United States for 3rd NepaleseAmerican Convention!!

Posted by Bash Bissu on Tuesday, June 19, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *