अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन समिती चयन गरिएको छ ।
एनआरएनए अमेरिकाको हालै सान फ्रान्सीस्कोमा सम्पन्न सातौं साधारण सभाले न्युजर्सी निवासी बिश्व बराल प्रमुख निर्वाचन आयुक्त रहने गरी पांच सदस्य रहेको समिती चयन गरेको हो ।
समितीको आयुक्तहरुमा लस एञ्जलस निवासी हेमराज भट्ट, टेक्सास निवासी खड्ग उप्रेती, न्युयोर्क निवासी बास ु फुलारा र बाल्टीमोर निवासी कुलमनी आचार्य रहनुभएको छ । सम्पन्न साधारण सभाले कानुनी सल्लाहकार समिती समेत गठन गरेको थियो ।