२०८० मंसिर १९ गते | 5th of December 2023

बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिरको प्रवेश पूजा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते १८:०९

बाल्टिमोर – जुलाई १७ तारिख बाल्टिमोरवासीहरु नेपाली परिवारजनहरुका लागी एक ऐतिहासिक दिन बन्न पुगेको छ। बाल्टिमोर – मेरिल्याण्ड, डिसी मेट्रो एरिया र यस वरपर रहनुभएका सयौं नेपाली परिवारजनहरुको बाक्लो उपस्थितिमा विशेष दिप प्रज्वलन गरि हर्षोउल्लासका साथ विशेष ‘प्रवेशपुजा’ सम्पन्न गरिएको थियो र सो अवसरमा निर्माणाधीन हिन्दु बुद्ध मन्दिर परिसरलाई दुलही झैं सिंगारिएको थियो भने निर्माण समपन्न भएको मन्दिर बन्ने मूल भवनको प्रत्यक्ष अवलोकन भ्रमणका लागी उपस्थित सबैका लागि खुल्ला गरिएको थियो।

करिव एक बर्ष अघिबाट बाल्टिमोरवासी नेपालीहरुको आफ्नै अथक प्रयास र स्वामित्वमा करिव ३१ एकडको बिशाल जमिनमा निर्माणाधीन यस “हिन्दु बुद्ध मन्दिर” को मर्मतसम्भार तथा भवन निर्माणको सम्पुर्ण कार्यहरु पुरा भई अब केहि चाँडै नै संचालनमा आउने भएको छ। यसै बिच यही आउँदो जुलाई महिनाको २८ तारिख देखी अगस्ट महिनाको ३ तारिख सम्म नेपालका ख्यातिप्राप्त बाचनप्रवीण श्री दीनबन्धु पोखरेल ज्युको प्रत्यक्ष उपस्थितिमा सप्ताहब्यापी भागवत महापुराण अन्तर्गत बाल्टिमोर महापुराण – २०१८ को भब्य आयोजना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *