२०८१ वैशाख २४ गते | 6th of May 2024

लायन्स क्लब अफ कुईन्स बुद्ध – न्यूयोर्कको अध्यक्षमा पन्डित

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते १८:२३

न्यूयोर्क – अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित स्थानीय क्लब लायंस क्लब अफ क्वींस बुद्धको अध्यक्षमा सामाजिक कार्यकर्ता बेगम पण्डित नियुक्त भएका छन ।

लायंस क्लब बुद्धको कार्यसमितिको बैठकले पण्डितलाई आगामी सत्र २०१८/२०१९ को लागी अध्यक्षको जिम्मेवारी दिएको हो ! क्लबको प्रथम उपाध्यक्षमा सुर्य लम्साल, द्वितीय उपाध्यक्षमा सपिया अधिकारी र तृतीय उपाध्यक्षमा सूर्य सिम्खडा चुनिएका छन ! क्लबको सचीवमा प्रकाश बस्नेत र कोषाध्यक्षमा अर्जुन गौडेल नियुक्त भएका छन ! तेस्तै क्लबका अन्य कार्यकारी जिम्मेवारीहरुमा मेम्बरशिप चेयरपर्सन: प्रभात सापकोटा, टेल ट्विस्टर: सोनु मल्ल, वूमेन कोआर्डिनेटर : रीमाया नेपाली, लायन टेमर : चन्द्र जी सी, फस्ट ईयर डाईरेक्टर: बुद्ध पौडेल, सेकेंड ईयर डाईरेक्टर: रोशन अर्याल र लायन च्याप्लेनमा रमेश बेलबासे नियुक्त भएका छन ! क्लबले तीनजना एड्वाईजरहरु क्रमश राजेन थापा, अर्जुन मैनाली र पुरुषोत्तम थपालिया पनि नियुक्त गरेको छ।

तीन बर्ष पहिले कृष्ण आचार्यको अध्यक्षतामा स्थापना भएको उक्त लायन्स क्लबमा बेगम पण्डित संथापक कोषाध्यक्ष थिए। बिगत २१ बर्षदेखि अमेरिकामा बसोवास गर्दै आएका पण्डित एन आर एन ए एन सी सी यु एस ए न्यू योर्क च्याप्टर का बोर्ड अफ डाईरेक्टर समेत हुन भने अन्य सामाजिक क्षेत्रमा सकृय ब्यक्तित्व हुन ! सामाजिक काममा असाध्यै रुचि दिने पण्डित सामाजिक कल्याणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गराऊन समाजमा सबैको दायित्व हुनुपर्छ भन्ने कुराको पक्षधर हुन । आफुलाई यो जिम्मेवारी दिने कार्यसमितिका संपूर्ण पदाधिकारीहरुलाई धन्यबाद दिंदै लायंस क्लव इन्टरनेशनलको गरिमा र मर्यादा लाई कायम राख्ने प्रतिवद्धता पण्डितले यु एस खबरलाई दिनुभएको छ ।

१९१६ मा स्थापना भएको लायंस क्लब इन्टरनेशनल को विश्वभरी ४६ हजार क्लबहरु छन र यसमा चौध लाख सदस्यहरु आबद छन। “WE SERVE” नारा का साथ मेल्वीन जोन्सले अमेरिकाको शिकागो शहरमा स्थापना गरेको यो कल्याणकारी संस्था आज विश्व का २०० देशहरुमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *