२०८१ साउन ११ गते | 26th of July 2024

सनम शाक्य हत्या र ३३ किलो सुनकाण्डका दोषीहरूको चर्तिकला

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ९ गते १०:५३

विराटनगर – ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा थुनामा रहेका ९ अभियुक्त उच्च अदालत गएका छन् । जिल्ला अदालत मोरङको आदेशविरुद्ध ९ अभियुक्तहरूले पूर्पक्षका लागि थुनामा राख्ने आदेश पुनर्विचार गर्न माग गर्दै उच्च अदालत गएका हुन् । उनीहरूले आदेश पुनर्विचार गर्न माग गरेका छन् ।

पूर्वडीआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च अदालत गएका हुन् । थुनामा रहेका हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ, र समिर प्रसाद तोलाङगेले पनि उच्चअदालतमा आदेश पुनर्विचारका लागि निवेदन दर्ता गराएका छन् ।

अभियुक्तहरूले उच्चअदालतमा निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई कैफियत प्रतिवेदन पठाएको छ । कैफियत प्रतिवेदनमा अभियुक्तहरुले दिएको बयान, घटनाको मुचुल्का र अदालतको आदेश रहेको छ । मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्चअदालतमा बुझाएपछि पेसि तोकिनेछ । पुर्पक्षका लागि थुनामा रहेका २८ अभियुक्त मध्येका ९ जनामात्रै उच्च अदालत विराटनगर गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *