२०८३ भदौ १८ गते | 3rd of September 2026

माल्दिभ्सविरुद्ध भारतको नाकाबन्दी

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ११ गते ३:२५

काठमाडौं – माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ ।

दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ । भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ ।

माल्दिभ्सले मुलुकका लागि आवश्यक पर्ने सबै खाद्य सामग्री आयात गर्दै आएको छ ।चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ । माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *