२०८१ असोज २६ गते | 12th of October 2024

बिटु केसीको ‘मायाको मात’ कृतिमाथी डालासमा अन्तरकृया

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १२ गते ५:५६

ड्यालस (अमेरिका)  –  साहित्यकार बिटु केसीको कृति ‘मायाको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ ।

स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा कृतिकार बिटु केसीले मनमा उव्जिएका भावहरुलाई टिपोटका रुपमा सामाजीक सञ्जालमा लेख्दै जाँदा मुक्तक संग्रहका रुपमा आएको उल्लेख गरिन् । ‘कहिलेकाँही ड्राइभिङ गर्दागर्दै, कहिलेकाँही राति बिछ्यौनामा पल्टिएको अवस्थामा भावनाहरु आउँथे, त्यसलाई लिपीवद्ध गर्दै जाँदा यो कृति तयार भयो,’ उनले भनिन् । 

कार्यक्रमको सुरुमा श्रष्टा साँझका प्रभात दीक्षितले प्रवासमा रहेका साहित्यकारहरुका कृतिमाथि समिक्षात्मक कार्यक्रम गर्दै जाने बताए । ‘हामीले कृति प्रकाशनका लागि पनि केही सहयोग गर्न सकिन्छ कि भनेर सोचिरहेका छौँ,’ दीक्षितले भने ।

कार्यक्रममा कृतिकारका पति तथा पत्रकार/साहित्यकार तारा बरालले आफुले मुक्तक संग्रहका रुपमा प्रकाशन गर्नका लागि पु¥याएको सहयोगका बारेमा चर्चा गरेका थिए । हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरेको सभापतित्व तथा साहित्यकार विजयराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले शूभकामना मन्तव्य व्यक्त गरेका थिए । Image may contain: Bitu Kc

त्यस अवसरमा बैकुण्ठ आचार्य, भगवती पौडेल, लीला श्रेष्ठ, शशी भट्टराई, राधाकृष्ण काफ्ले लगायतले मुक्तक वाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरेका थिए ।

एक महिना अघि नेपालमा विमोचन भएको ‘मायाँको मात’ मुक्तक संग्रहमा माया प्रेम, राजनीति, समाजसेवाका विषयमा चोटिलो प्रहार गरिएका एकसय २६ वटा मुक्तकहरु छन् । No automatic alt text available.

लामो समयदेखि अमेरिकाको ह्युस्टनमा रहँदै आउनुभएकी साहित्यकार केसी पत्रकारिता, साहित्यको क्षेत्रमा समेत कृयाशील छिन् ।

20 thoughts on “बिटु केसीको ‘मायाको मात’ कृतिमाथी डालासमा अन्तरकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *