२०८२ असोज २८ गते | 14th of October 2025

ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको घरमा नेपाल ट्रस्टको ताल्चा

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १२ गते १८:४३

काठमान्डौं – पूर्व अधिराजकुमारी प्रेरणा शाहको छाउनीस्थित घरमा सरकारले ताला लगाइदिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको छाउनीस्थित २ रोपनी १३ आना जग्गामा रहेको घरमा नेपाल ट्रष्टले प्रहरीको सहयोगमा मंगलबार ताला लगाइदिएको हो। यसअघि वैशाख २३ गते नेपाल ट्रस्टले ३५ दिने सूचना जारी गरी घर खाली गर्न आदेश दिएको थियो। 

नेपाल ट्रष्टका कायम मुकायम सचिव रमेश सिंहले सरकारको नाममा आइसकेको घर जग्गामा प्रेरणाले अटेरी गरेर कव्जा जमाएकाले ताल्चा लगाइएको जानकारी दिए। सरकारको नाममा आइसकेको जग्गामा प्रेरणाले अटेर गर्दै कब्जा जमाएकाले उनलाई हटाउन घरमा तालाबन्दी गरिएको सिंहले बताए।

तत्कालीन राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पति सरकारले नेपाल ट्रष्ट मार्फत आफ्नो नाममा ल्याएको थियो। छाउनीको त्यो घर जग्गा पनि सर्वोच्चको आदेशबाट यसअघि नै नेपाल ट्रष्टको नाममा आएको थियो। नेपाल ट्रष्टले सरकारको नाममा आएको जग्गा छोड्न प्रेरणालाई पटक पटक पत्राचारसहित चेतावनी दिँदै आएको थियो।

पूर्वराजा ज्ञानेन्द्रले सो घर छोरी प्रेरणालाई दाईजो दिएका थिए। नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रको नाममा देशका विभिन्न १२ जिल्लामा रहेका २२ हजार रोपनी जग्गा सरकारको नाममा ल्याइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *