न्युयोर्क – अमेरिकाको न्युयोर्कमा बस्ने नेपालीहरुका लागी खुसीको खबर छ । न्युयोर्कमा अब ड्राइभर लाइसेन्स फारम नेपाली भाषामा भर्न पाइने भएको छ ।
मोटर वाहन विभाग डीएमभी न्युयोर्कले ड्राइभर लाइसेन्सका लागि भरिने फारम नेपाली भाषामा उपलब्ध गराउन थालेको जानकारी सिटी काउन्सिल मेम्बर कोस्टालाई गराएको उनका सम्पर्क संयोजक जोय चौधरीले जानकारी दिए । सिकारु अनुमतिपत्र, चालक अनुमतिपत्र र गैरचालक परिचयपत्रका आवेदन फारम नेपालीमा भाषामा उपलब्ध गराइएको छ ।
आवेदन फारम डीएमभीको वेवसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोला ।
त्यस्तै सवारी साधान चालक अनुमतिपत्रका लागि लिइने परीक्षा समेत नेपाली भाषामा उपलब्ध गराउनका लागि प्रकृया चलिरहेको र परीक्षा समेत निकट भविश्यमा नेपाली भाषामा उपलब्ध हुने जनाइएको छ ।
डीएमभीमा नेपाली भाषाको व्यवस्था गर्न लामो समयदेखि प्रयास भइरहेको थियो । न्युयोर्क डिस्ट्रक्ट ३८ का एसेम्बली मेम्बर माइकल मिलरले त्यसबारेको बिल अल्बानीमा प्रस्तुत गर्नुभएको थियो भने डिस्ट्रिक्ट २२ का काउन्सिलम्यान कोस्टा कोन्स्टान्टिनिडेस लगायत डिस्ट्रिक्ट ३० का एसेम्बली सदस्य ब्रायन बर्नेबेल, डिस्ट्रिक्ट ३७ का एसेम्बली म्यान क्याथरिन नोलनले बिल पारित गराउन सिटी काउन्सिल र गर्भनर कार्यालयमा ठूलो भूमिका खेल्नुभएको थियो ।