२०८१ वैशाख १५ गते | 27th of April 2024

नेजस न्यूयोर्क च्याप्टरद्वारा नेता चौधरीसंग छलफल कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १४ गते १७:३५

ध्रुव भण्डारी/न्यूयोर्क – यही जुन २४ तारिख आईतवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकालेमुलुकको वर्तमान समसामयिक राजनीतिक अवस्थाका बारेमा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अथिति नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री, प्रतिनिधि सभाको सांसद एवं नेपाली काँग्रेसकाकेन्द्रीय सदस्य माननीय श्री उमाकान्त चौधरीले लामो संघर्ष पश्चात मुलुकले लोकतान्त्रिक संविधान प्राप्त गरेकोहुनाले यसलाई जोगाएर देशमा समृद्धि भित्र्याउनु पर्ने कुरा राखेका थिए । पछिल्लो समयमा सरकार रसरकारमा रहेका मन्त्रीहरूले संविधान विपरीत कार्य र अभिव्यक्तिहरू दिएको प्रति गहिरो चिन्ता र आक्रोसव्यक्त गर्दै, काँग्रेसले लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाको निमित्त सदन र सडकमा आवाज बुलन्द गर्नेकुरा बताएको थिए । 

 

प्रवासमा रहेका नेपालीहरूको प्रत्येक हक र अधिकार प्राप्तिको निमित्त काँग्रेसले सदैवसाथ दिएको कुरा स्मरण गराउँदै नेता चौधरीले, राष्ट्रीयता , लोकतन्त्र , प्रेस स्वातन्त्रता र मानव अधिकारकोरक्षाको निमित्त काँग्रेसले कसैसंग सझौता नगर्ने कुरा बताएका थिए । एक छुट्टै प्रशंगमा प्रमुख अथिति चौधरीलेपार्टीका नेतृत्व बर्गले कमजोरी स्विकार गरेर अबका दिनमा संगठनलाई सुधार गर्दै संस्थागत ढंगले अगाडिबढाउनु पर्ने कुरा राखेका थिए । पार्टीको सबै तहको नेतृत्व चुनाव गराएर आएमा संगठन संस्थागत र उत्कृष्टढंगले अगाडि बड्न सक्ने कुरा बताउँदै पूर्व मन्त्री चोधरीले अमेरिकामा हुने गरेको नेतृत्व चयनको प्रिइलेक्शनको कुरा सम्झीन्दै, आफु सधै संगठनको सस्थागत निर्णयको पक्षमा रहेको कुरा बताएका थिए । 

बिशेष अथिति नेपाली काँग्रेसका नेता एवं माननीय सांसद श्री जिब छिरिङ लामाले आफु हारेर भएपनि काँग्रेसलेआफ्नो जिम्मेवारी बहन गरेर, मुलुकलाई निकास दिएको कुरा बताउदै, प्रवासमा गुटको होइन संगठनकोकाँग्रेस भइदिन सबैलाई आग्रह गरेका थिए ।
अर्का अथिति नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिआनन्द बिष्टले संगठनको सभापतिलाई कमजोर बनाएर, पार्टी कहिल्यै बलियो नहुने कुरा राख्दै, काँग्रेसलाईबलियो बनाउँन सबै एकजुट हुनुपर्ने कुरा राखेका थिए । 

मन्तव्यकै क्रममा अर्का अथिति वक्ता नेपाल बिद्यार्थी सँगका केन्द्रीय उपाध्यक्ष श्री डिल्लीराम सुवेदीले राष्ट्रियजिम्मेवारी निर्बाह गर्ने एक्लो पार्टी नेपाली काँग्रेसको संगठनलाई जीवन्त दिन आन्तरिक संघर्षबाट एकताकोशक्ति निर्माण गरी , बीचार, संगठन र नेतृत्वको हृदम मिलाएर राष्ट्र निर्माणको खाका तय गरी अबको काँग्रेसअगाडि बड्नु पर्ने कुरा बताएका थिए । समाजको चेतनालाई नक्कली आवरणले ढाकेर , नेपथ्यमा कम्यूनिष्टअधिनायक ल्याउँन चाहने वर्तमान सरकारको बिरूदमा आफ्नो संगठनले आवाज बुलन्द गरीरहेको कुराराख्दै, बिद्यार्थी नेता सुवेदीले नेपालका युवाहरूले जनसम्पर्क समितिहरूबाट केही नवीन कुराहरू खोजिरहेकोकुरा बताएका थिए ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर,केन्द्रीय सदस्य सुवास तामाङ, पूर्व संयोजक एवं केन्दीय सदस्य विष्णु सुवेदी, लुम्बिनी बिकासकोषका पूर्वसदस्य सचिव आंग दावा शेर्पा, एनआरएनका बन्दना कोईराला, गोमा सेन, बिद्यार्थी नेता प्रभात सपकोटा,जनसम्पर्क समितिका सकृय सदस्य शारदा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढंगनाको अध्यक्षतामा भएको उक्तकार्यक्रमको संचालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरकाउपसभापति कमला पन्तले गरेका थिए ।

काँग्रेसीहरूको बाक्लो सहभागि रहेको, स्थानीय ज्याक्सन हाईटको न्यूयोर्कमा सम्पन्न उक्त कार्यक्रमलाईसफल बनाउनका निमित्त च्याप्टरका उपसभापति अमर तामाङ, सदस्य उमेश थापा, बृन्दा राई, च्याप्टरकासकृय सदस्यहरू रविन बज्रचार्य, पुरण लिम्बु, गोविन्द श्रेष्ठ लगायत खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *