एजेन्सी – ब्रम्हान्डकै ‘हट’ महिला अभिनेत्री प्रियंकालाइ चोपडा ठहर गरिएको छ । जून २०१८ को एडिसनमा म्याक्सिम म्यागजिनले प्रियंकालाई ब्रम्हान्डकै ‘हट’ महिलाको उपाधि दिएको हो । यस म्यागाजिनको कभर पेजमा अभिनेत्री प्रियंकाको ‘हट’ तस्वीरलाई प्रकाशित गरिएको छ ।
प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन् र सुन्दर पनि । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १०० महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी हुन् ।’
प्रियंका यतिबेला अमेरिकी गायक निक जोनससँगको प्रैम सम्वन्धका कारण चर्चामा छिन् । यो जोडी अहिले भारतका विभिन्न स्थानमा घुमघाम गरिरहेको छ । प्रियंकाले आफ्ना व्वाइफ्रेन्डलाई आफ्नी आमा र दाईसँग भेट गराइसकेकी छन् । उनीहरु चाँडै लिभिङ टुगेदरमा बस्न लागेको चर्चा पनि चलिरहेको छ ।
आफ्नो फेसबुक पेजमा म्यागजिनले लेख्दै, ‘प्रियंका धेरै प्रतिभाशाली र सुन्दर छन् । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १०० महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी हुन् ।’