२०८१ वैशाख २१ गते | 3rd of May 2024

दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १७ गते १०:५०

अमेरिका – सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै गतमार्चमा पक्राउ परेका छन् ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बरमा सीबीपीले पक्राउ गरेका नेपालीहरुको संख्या १३ मात्र रहेको थियो ।

गत जनवरीमा सीबीपीले ३४ जना नेपालीहरुलाई पक्राउ गरेकोमा फरबरीमा यो संख्या ह्वात्तै बढेको थियो । फरबरीमा सीबपीपीले ६४ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । मार्चमा भने सीबीपीले ८५ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै अप्रिलमा सीबीपीले २७ जना नेपालीहरुलाई पक्राउ गरेको थियो ।

गतआर्थिकबर्ष २०१७ को अगस्त सेप्टेम्बर बाहेक अन्य १० महिनामा सीबीपीले ४९६ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०१६ मा सीबीपीले ५५१ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । आर्थिक बर्ष २०१५ मा ४०९ जना नेपालीहरु सीबीपीको फन्दामा परेका थिए, खसोखासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *