२०८० मंसिर १३ गते | 29th of November 2023

कन्दरा ब्यान्डको अमेरिकामा पहिलो प्रस्तुती, विवेकले तताए दर्शकलाई

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १८ गते ८:१९

विजय थापा/भर्जिनिया – पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समय सम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलन पछि अमेरिकाको टेक्सस,क्यालिफोर्निया राज्यमा समेत कन्दराको सांगीतिक कार्यक्रम हुने छ भने अन्य राज्यहरुमा समेत कुरा चलि रहेको आयोजकले बताएका छन् ।

डिसी महानगर क्षेत्रमा गत जुन २९ तारिख देखि जुलाई १ सम्म भै रहेको तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को उद्घाटन अमेरिकाका लागी नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले गरेका थिए ।

कन्दरा ब्याण्डले नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को आग्रहलाई स्वीकार गरि सहभागिता जनाएको हो । कन्दरा ब्याण्डको यो पूर्ण रुपमा सांगीतिक कार्यक्रम नभई सम्मेलनमा हुने बिबिध कार्यक्रम मध्ये साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएको छ ।

गत जुन ३० तारिखका दिन सम्पन्न सांस्कृतिक सांझ कार्यक्रममा न्यु योर्कबाट आएका संजोक योञ्जनले आफ्नो गीत बाट कार्यक्रम सुरु गरे पछि प्याराडाईज तथा मोक्ष मन्त्र संगीत मण्डलीले आफ्ना केही गितहरु प्रस्तुति गरेका थिए ।

कन्दराले आफ्ना गीतहरु प्रस्तुत गर्नुको साथै नृत्य गर्ने शैलीका भन सोल्टी बारम्बार .. साचो प्रिती लाएकै थिए… एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको ….. र रेशम फिरी रि गीत गाएर मौलिक गायकहरुलाई समर्पित गरेका थिए ।

यसै गरि ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ आदी गीतहरु प्रस्तुत गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *