पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर ५ मा मतगणना थालिएको छ । मंगलबार साँझदेखि ५ नम्बरको मतगणना थालिएको हो । पहिलो ३ सय मत गनिसक्दा एमाले काँग्रेस भन्दा अगाडी छ । एमालेका उम्मेदवार मान बहादुर जिसीले १ सय ६६ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ सय ३० मत पाए । उपप्रमुखमा एमालेकी मञ्जु गुरुङको १ सय ६६ र काँग्रेस उम्मेदवार सरस्वति गुरुङको १ सय २५ मत आएको छ । ४ हजार ३ सय १ मतदाता रहेको ५ नम्बर वडामा ३ हजार ३ सय ८ मत खसेको छ ।