२०८१ वैशाख २१ गते | 3rd of May 2024

तामाङ समाज न्युयोर्कको सपथ ग्रहण तथा वधाई कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १९ गते ३:०३

न्यूयोर्क – तामाङ समाज न्युयोर्कको सपथ ग्रहण तथा वधाई कार्यक्रममा निर्वाचन कमिटीका अध्यक्ष श्री निमा पाख्रिनबाट गोमा योन्जनको अध्यक्षतामा निर्वाचित ११ सदस्यीय पुर्ण कार्यसमिति चयन गरिएको छ । 

कार्यसमितिलाई सपथ ग्रहण गराउदै अध्यक्ष गोमा योन्जनको नेतृत्वमा उपाध्यक्ष-निमा गोले, सचिव-दिपेन्द्र लामा (मोक्तान), कोषाध्यक्ष रमला तामाङ, सह कोषाध्यक्ष माया लामा, सह सचिव-रोज़ लामा र सदस्यहरु निमा लामु लामा, सृजना लामा, लाल तामाङ, नुर्वु लामा, र विजय नेर्देन सहितको नयाँ कार्यसमिति लाई केन्द्रीय संगठनको तर्फबाट उतर अमेरिका तामाङ समाज उतर अमेरिकाको तर्फबाट अध्यक्ष लाक्यान लामाले
हार्दिक बधाई एवं शुभकामना दिदै तामाङ समाज न्युयोर्क तदर्थ कमिटी र निर्वाचन कमिटी प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गरियो । 

नव निर्वाचित कमिटीलाई केन्द्रीय पुर्व अध्यक्षहरु,सुबास लामा, भरत लामा ईन्द्रतामाङ,राम तामाङ,सुर्य तामाङ,एनआरएन महासचिव
बाबुराम लामा, एनआरएन सह-कोषाध्यक्ष पवन योन्जन र तदर्थ कमिटी संयोजक छेमाङ लामाले सहित शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *