२०८० मंसिर २१ गते | 7th of December 2023

क्रियटिभ नेपाल युथ अर्गनाइजेसनको अध्यक्षमा शशी प्रसाईं

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १९ गते ३:३१

सान्-फ्रान्सिस्को – क्रियटिभ नेपाल युथ अर्गनाइजेसनले १ जुलाई २०१८ का दिन आफ्नो तेस्रो साधारणसभामा सम्पन्न गरेको छ।
उत्तरी क्यालिफोर्नियामा कृयाशील क्रियटिभ नेपाल युथ अर्गनाइजेसनले आफ्नो तेश्रो साधारण सभाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व समेत चयन भएको छ। साधारण सभाले सर्बसंम्मत शशी प्रसाई अध्यक्ष्तामा नयाँ कार्यसमिति चयन गरको हो।

अध्यक्ष- श्रीमती शशी प्रसाई
प्रथम उपाध्यक्ष – पुन्य शेर कार्की
उपाध्यक्ष – मोहन गुरुङ
महासचिव – सुमेर सुब्बा
सचिव – पुस्कर रेग्मी
कोषाध्यक्ष – प्रतिमा दुलाल
सह कोषाध्यक्ष – अन्जना भुजेल
सदस्यहरु :
ध्रुब बस्याल
लक्ष्मी खत्री
महेश भण्डारी सदस्य
सबिता लोप्चन
अमन छेत्री
दिपेश पाण्डे
गणेश शर्मा
निरन संगीत

कार्यक्रममा नयाँ कार्यसमतिको पदभार ग्रहण, आउट गोइंङ् नेतृत्वको बिधाई र धन्यवाद ज्ञापन समेत भएको थियो। 6401 Bernhard Avenue, Richmond मा भएको सो कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका संघ-सँस्था र व्यक्तिहरुको समेत उपस्थिति थियो।

साथै अर्गनाइजेशनद्धारा संचालित नेपाली स्कूलका ५५ जना बिधार्थीहरु मध्ये नियमित र उत्कृष्ट ६ जनालाई सम्मान तथा प्रसंशा पत्र प्रदान गरिएको थियो।यसैगरी संस्थाको देउसी-भैलो कार्यक्रमलाइ नियमित सहयोग गर्दै आउनुभएका ५ जनालाई टोकन अफ लभ प्रदान गरियो । स्रोत : हलिवूडखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *