२०८१ वैशाख २० गते | 2nd of May 2024

सरकार शोषक सामन्तको पक्षमा : पूर्व प्रधानन्यायाधीश कार्की

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १९ गते १६:१९

काठमाडौं – पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सरकार शोषक सामन्तको पक्षमा उभिएको गम्भिर आरोप लगाएकी छिन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले गरिवको पक्षमा माग राखेर १४ पटकसम्म अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीको मागलाई सम्बोधन नगरेर सरकार शोषक सामन्तको पक्षमा उभिएको पुष्टि भएको दावी गरिन् ।

मंगलबार काठमाडौंमा आयोजित नागरिक समाजका अगुवाहरुको भेलामा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई मोडेर सरकारले शोषक व्यापारीहरुको पक्ष लिएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले गरिवको पक्षमा उभिएका चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन नगरे गरिव झनै मारमा पर्ने अवस्था आउने धारणा पनि राखिन ।

उनले छोराको हत्यारालाई कार्वाही गर्न माग राख्दै आमरण अनसन बसेकी गंगामायालाई न्याय दिलाउने अभियानमा जुटन पनि सबैलाई आह्वान गरिन् ।

आजसम्म सरकारले गंगामायाको माग सम्बोधन नगर्नु दुःखद पक्ष भएको उल्लेख गर्दै उनलाई न्याय दिन नागरिक समाजनै उठनुपर्ने बेला आएको पनि पूर्व प्रधानन्यायाधिश कार्कीको भनाई छ ।

पूर्व प्रधानन्यायाधिश कार्कीले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार हनन् हुने गरी सरकारले काठमाडौंको विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेकोमा पनि आपत्ति जनाइन् ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले मुलुकको दूरदराजमा समेत मेडिकल शिक्षा पु¥याउने उद्देश्यका साथ तयार पारिएको माथेमा प्रतिवेदनलाई अन्यत्रै मोडने काम सरकारले गरेको भन्दै आपत्ति जनाए ।

उनले मेडिकल शिक्षालाई आम नागरिकको पहुँचमा पु¥याउने माथेमा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गरिव जनताको पक्षमा नरहेको माथेमाको दावी छ । उनले जनसंख्याको अनुपातमा मेडिकल शिक्षाको व्यवस्था गर्न आफूहरुले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजका लागि सम्बन्धन नदिन सुझाव दिइएपनि सरकारले ल्याएको विधेयकमा सो प्रावधान हटाइएको भन्दै आक्रोश व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *