२०८१ साउन १२ गते | 27th of July 2024

भर्जिनियाको ग्यांस स्टेशनमा लुटेराको गोली प्रहारद्दारा नेपालीको हत्या

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २० गते १६:३५

विजय थापा /भर्जिनिया – अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा लुटेराको बन्दुक प्रहार बाट नेपाली मूलका हरन्डनमा बसोबास गर्दै आएका ४० बर्षिय बजगाई थर भएका व्यक्तिको निधन भएको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ ।

यसको साथै शकास्पद बन्दुकधारी लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हरन्डन को सुनोको इन्धन चौकी मा नेपाली मूलका बजगाई थरका व्यक्तिलाई गोलि प्रहार गरेको आरोपमा कब्जा गरिएको छ ।

अमेरिकाको जुलाई ४ स्वतन्त्र दिवस को बिहान १ बजे १५ मिनेटमा बुधबार प्रहरीलाई खबर गरेको जानकारी फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने प्रयास गर्ने क्रम मा उक्त ईन्धन चौकीमा काम गर्ने सहायक लाई मारिएको हुन् सक्ने बताएको छ ।

हरन्डन को किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीर को माथिल्लो भागमा बन्दुक प्रहार को कारण मृत्यु भएको हुन् सक्ने बताएको छ ।

उक्त संधिग्द बन्दुकधारीलाई उक्त स्थान को छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लट ) रोक्ने स्थान बाट नै पक्राउ गरिएको जनाएको छ ।

साथै फेयर फ्याक्स प्रहरी चौकीले सामाजिक संजाल मुहार पुस्तिका बाट भर्खर प्रत्यक्ष प्रसारण गर्दै ४० बर्षिय बजगाई भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *