२०८१ साउन १२ गते | 27th of July 2024

भर्जिनियामा लुटेराको गोलीबाट मारिने गोरखाका रेशम बजगाईं

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २० गते २०:०३

भर्जिनिया, अमेरिका – अमेरिकाको भर्जिनियाको हरन्डन शहरमा लुटेराको बन्दुक प्रहार बाट नेपाली मूलका हरन्डनमा बसोबास गर्दै आएका ४० बर्षिय बजगाई थर भएका व्यक्ति गोरखा जिल्ला, केराबारीका रेशम बजगाईं रहेको जनाईएको छ ।

यसको साथै शकास्पद बन्दुकधारी लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हरन्डन को सुनोको इन्धन चौकीमा रेशम बजगाईलाई गोलि प्रहार गरेको आरोपमा कब्जा गरिएको छ । 

अमेरिकाको जुलाई ४ स्वतन्त्र दिवस को बिहान १ बजे १५ मिनेटमा बुधबार प्रहरीलाई खबर गरेको जानकारी फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने प्रयास गर्ने क्रममा उक्त ईन्धन चौकीमा काम गर्ने सहायक लाई मारिएको हुन् सक्ने बताएको छ । 

हरन्डन को किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीर को माथिल्लो भागमा बन्दुक प्रहार को कारण मृत्यु भएको हुन् सक्ने बताएको छ ।

NRN Virgina Chapterले खोलेको GoFund मा सहयोग गर्न यो लिन्क क्लिक गर्नुहोला :

उक्त संधिग्द बन्दुकधारीलाई उक्त स्थान को छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लट ) रोक्ने स्थान बाट नै पक्राउ गरिएको जनाएको छ ।

न्यूयोर्कका लागि पर्यटनदुत प्रदिप श्रेष्ठले गोली प्रहारबाट मारिने गोरखाका रमेश बजगाईं रहेको जनाएका छन । उनले सार्वजानिक गरेका समाचार :

आज बिहान भर्जिनीया मा घटेको दुर्घटनामा गोरखा केराबारी घर भै गत सेप्टेम्बरमा अमेरिका आई श्रीमती र ५ बर्षकी छोरी सहित बस्दै आउनु भएका रेशम बज्गाईको मृत्यु भएको ख़बर समाचार माध्यमबाट बाहिर आएको छ । रेशम बज्गाई प्रति हार्दिक श्रद्दान्जली प्रकट गर्दै यस दुखद घट्ना मा अमेरिकावासि सम्पुर्ण गोरखाली साथिहरुलाई के कसरी सहयोग गर्न सकिन्छ , सहयोग को लागि हार्दिक अनुरोध गर्दछु ।

प्रदिप श्रेष्ठ
न्युयोर्क

फेयरफ्याक्स प्रहरीको भिडियो :

https://www.facebook.com/fairfaxcountyPD/videos/2096957183679741/

Leave a Reply

Your email address will not be published. Required fields are marked *