२०८३ वैशाख ३ गते | 16th of April 2026

पशुपति शर्मा, देवी घर्ती र राजु ढकालको लौरी हरायो

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २३ गते १९:४८

काठमान्डौं – मौलिकता हराउदै गएको र अश्लिलताले राज गरिरहेको हाम्रो लोक संगीत दुनियामा आज भोलि मौलिक गीतहरु प्राय हराइसकेका छन्ने , युट्युबमा भ्यु कमाउने लोभले कलाकर्मीहरुले आफ्नो धरातल बिर्सिरहेको यो जटिल अबस्थामा नेपाली लोक संगीतको दुनियामा छुट्टै पहिचान बनाइरहेकी गायिका देवी घर्ति को अत्यन्त मौलिक पाराको तीज गीति भिडियो लौरी हरायो भर्खरै सार्बजनिक भएको छ ! टिपिकल शब्द र लयमा सजिएको यो गीतले पक्कै पनि नेपाली दर्शक तथा श्रोताको मन जित्नेछ !

तिज गितका राजा भनेर चिनिने लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको लय तथा शव्द सिर्जनामा नयाँ तिज गित लौरी हरायो भर्खर मात्र सार्वजनिक भएको छ ।

सबै पक्ष उत्कृष्ट रहेको सो गितले बास्तविक तिजको भावना मात्र बोकेको छैन गित सुन्न थाले पछि दर्शकलाई अन्त्य सम्म बाँधेर राख्छ । निकै सुमसुर लय तथा उत्कृष्ट शव्द सिर्जना रहेको सो गितमा पशुपति शर्मा,सुस्मिता घर्ति,देवी घर्ति र राजु ढकालको आवाज रहेको छ भने लय,शव्द भने पशुपति शर्माको रहेका छ ।

पशुपति शर्मा, राजु ढकालको दमदार अभिनय रहेको सो गितलाई दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *