२०८१ वैशाख २० गते | 2nd of May 2024

मुस्ताङ दुर्घटनाका मृतकप्रति महासंघको श्रद्धान्जली

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २४ गते ११:३५

काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष श्री पेम्वा लामा शेर्पाज्यूको निर्माण कम्पनी विरुवा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको जोमसोम कोरलानाका–अपरमुस्ताङ, तामखोला खण्डको निर्माण कार्यमा कार्यरत बीस जनाको ज्यान जाने गरी मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनाप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले आइतबार शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका १२ जनाको शिघ्र स्वास्थ्य लाभको लागि ईश्वरसँग प्रार्थना गरेको छ ।

यस अकल्पनीय र काबु बाहिरको परिस्थितिमा भएको घटनालाई भवितब्य ठान्दै महासंघले मृतक सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृत आत्माको चीर शान्तिको कामना गरेको छ । यस दुखद घडीमा मृतकहरुको सनाखत गरी आफ्नो संस्कृति र परम्परा अनुसार सदगत गर्न–गराउन साथै घाइतेहरुको उचित उपचारको व्यवस्थाको लागि आ–आफ्नो ठाँउबाट सहयोग गरिदिन महासंघले विज्ञप्ति मार्फत् मृतक तथा घाइतेका परिवारजन, स्थानीय निकाय, ट्रेड युनियनहरु, आयोजना कार्यालय, स्थानीय प्रहरी र सम्बन्धित निर्माण ब्यबसायी सबैलाई हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *